शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा कुटपिट गरि लुटपाट

सोमवार , पौष ४, २०७९

सिन्धुली– गत शनिबार सिन्धुलीको तिनपाटन गाउँपालिका ८ कटुन्जेमा लुटपाट भएको छ । साँझ अन्दाजी ६ बजेको समयमा मंगलबहादुर तामाङको घरमा लुटपाट भएको सिन्धुली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७० वर्षिया तामाङ र उहाँको ५२ वर्षकि भान्जि राम्रीमाया तामाङमात्र घरमा भएको अवस्थामा ५/७ जनाको अपरिचित व्यक्तिहरुले घरमा प्रवेश गरि लुटपाट गरेका हुन् ।

मुखमा मास्क लगाएर आएका उक्त लुटेराका समुहले मामा, भान्जिलाई नियन्त्रणमा लिई सामान्य कुटपिट समेत गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) हरिकृष्ण केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिलाले लगाएको नाक र कानको फुलि सहित घरबाट चाँदीका सिक्का, जन्तर, चुरा, तामाका थाल, कचौरा लुटपाट गरेको देखिन्छ ।”

घट्ना भएको एक दिनपछि आइतबार घट्नास्थलभन्दा एक किलोमिटर पर तामाका भाडाहरु र खुकुरी बरामद भएको डिएसपि केसीले बताउनुभयो । अनुसन्धानको टोली सिन्धुलीबाट घट्नास्थलतर्फ पुगेको उहाँले जानकारी दिनुभयो । लुटेराहरुको पहिचान नखुलेपनि छिट्टै उनीहरुलाई नियन्त्रणमा लिइने डिएसपि केसीले बताउनुभयो ।

प्रतिक्रिया