शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दिप प्रज्वलन

सोमवार , पौष ४, २०७९

सिन्धुली, – अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस आइतवार सिन्धुलीमा मनाइँएको छ । “वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान ः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान” भन्ने मूल नारासहित े दिवस मनाइँएको हो ।

दिवसको अवसरमा सुरक्षित आप्रवासी परियोजना सामी अन्तर्गत कमलामाई नगरपालिकाले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । साझँ ५ बजे कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन संगै दिवसको अवसरमा कार्यक्रम मार्फत बैदेशिक रोजगारमा रहेका श्रमीकहरुलाई शुभकामना ब्यक्त गरिएको छ ।

आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरू माथि हुन सक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तीनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।

संयुक्त राष्ट्र संघको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्ताबेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया