सिन्धुली, – सिन्धुली अस्पताल बिकास समितिको नवनियुक्त अध्यक्ष शतिसचन्द्र ढकालले पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई आइतवार अस्पतालमा आयोजित एक कार्यक्रमका बिच अस्पतालका मेडिकल सुपरिटेण्ड उमेश प्रधानले पदभार ग्रहण गराउनुभएको हो ।
मंसिर २८ गते अस्पताल बिकास समितिका पूर्व अध्यक्ष प्रल्हाद पोखरेलको ४ बर्षे कार्यकाल सकिए संगै बागमति प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पताल बिकास समितिको अध्यक्षमा ढकाललाई नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष ढकालले अस्पताललाई ब्यवस्थित बनाई जिल्लाबासीलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउने बताउनुभएको छ ।
कार्यक्रममा अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको ढकाललाई शुभकामना ब्यक्त गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नागरिकको स्वास्थ्यको लागि स्थानीय सरकार सधै तत्पर रहेको बताउनुभयो ।
अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको ढकाल सिन्धुली बहुमुखी क्याम्पस नेविसंघ का पूर्व सभापति, नेपाली काँग्रेस सिन्धुलीका पूर्व पार्टी प्रवक्ता तथा प्याब्सनको पूर्व केन्द्रिय उपाध्यक्ष हुनुहुन्थ्यो ।