शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली अस्पताल बिकास समितिको अध्यक्षमा ढकाल

आइतवार , पौष ३, २०७९

सिन्धुली – सिन्धुली अस्पताल बिकास समितिको अध्यक्षमा सतिस चन्द्र ढकाल नियुक्त हुनु भएको छ । मंसिर २८ गते अस्पताल बिकास समितिका पूर्व अध्यक्ष प्रलाद पोखरेलको ४ बर्षे कार्यकाल सकिए संगै बागमति प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पताल बिकास समितिको अध्यक्षमा ढकाललाई नियुक्त गरेको हो ।

अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको ढकाल सिन्धुली बहुमुखी क्याम्पस नेविसंघ का पूर्व सभापति, नेपाली कांग्रेस सिन्धुलीका पूर्व पार्टी प्रवक्ता तथा प्याब्सनको पूर्व केन्द्रिय उपाध्यक्ष हुनुहुन्थ्यो । बागमति प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पताल बिकास समितिको अध्यक्षमा ढकाललाई नियुक्त गरेपनि ढकालले पदभार भने ग्रहण गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया