सिन्धुली – सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीको ब्यवस्थापन समितिको अध्यक्षमा कमलामाई नगरपालिकाका नगर प्रमुख तथा नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेल चयन हुनुभएको छ । कमलामाई नगरपालिका ४ मा रहेको सिन्धुली जिल्लाको अग्रणी शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पस ब्यसस्थापन समितिको अध्यक्षमा कमलामाई नगरपालिकाको मेयर समेत रहनु भएका पोखरेल चयन हुनुभएको हो ।
क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा पोखरेल सहित ९ सदस्यीय समिति चयन गरिएको हो । ब्यवस्थापन समितिकोे सदस्यमा प्रदिप कटुवाल, महेन्द्रदेव श्रेष्ट, बिनोद कुमार श्रेष्ट, दिपक बहादुर मिश्र, इश्वर बस्नेत, टंकमान श्रेष्ट, चुणामणी देवकोटा र पोषक पौडेल चयन हुनुभएको छ ।