सिन्धुली – तिनपाटन गाउँपालिकामामा नागरिकता सिफारिसका कानुनी तथा व्यवहारिक पक्षबारे एक दिने अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा शनिबार कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुलीकी निमित्त प्रमुख प्रनिशा घिसिङ्ग र तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले तिनपाटन गाउँपालिका १० का ७८ वर्षिय अशक्त खड्क बहादुर रायक्षेत्रीलाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । कार्यक्रममा नेपालमा विद्यमान नागरिकता सम्बन्धी समस्याका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रमको सहजिकरण प्रशासनका नासु नहकुल ढकालले गर्नु भएको थियो भने कम्पुटर अपरेटर रविन्द्र गौतमले पशिक्षण दिनुभएको थियो । कार्यक्रम संचालन कर्मचारी राजभाइ थापा मगरले गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीकी निमित्त प्रमुख प्रनिशा घिसिङ्गको अध्यक्षता तथा तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष धन बहादुर पुलामी, प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र गिरि, वडा नम्बर १ देखि ११ सम्मका वडाअध्यक्ष कार्यापालिका सदस्य, वडासदस्य, वडासचिव लगाएत विषयगत शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यसैबिच, तिनपाटन गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । तिनपाटन गाउँपालिकाको आयोजना र भिजन डेभलपमेन्ट सोलुसन भक्तपुरको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष मगरको अध्यक्षता र संघिय मामिला तथा सामान्य प्रहशासन मन्त्रालयको संघिय मामिला महाशाखा प्रमुख स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।