शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली महोत्सवको तयारी तीव्र

शनिवार , पौष २, २०७९

सिन्धुली – सिन्धुली महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक भएको छ । महोत्सवमा राष्ट्रिय स्तरका चर्चित गायक, हास्य, नृत्य लगाएत विभिन्न विधाका कलाकार आउने भएका छन् । लोकदोहोरी गायिका ‘बोल माया’, ‘घुमी घुमी’ जस्ता दर्जनौँ चर्चित गित गाउनुभएको शान्ति श्री परियारले सिन्धुली महोत्सवमा प्रस्तुती दिनु हुने भएको छ ।

यस्तै, पहिलो ‘नेपाली तारा’ मा तेश्रो हुनुभएको रुपक डोटेल, भ्वाईस अफ नेपालको निर्णायक ‘बनकि चरी’, ‘सानो माया’बोलका गितको गायक राजेश पायल राई, नेपाली लोक गायिका ‘डल्ली’, ‘तालु खुइले बाहुन’ नेपाली संगित क्षेत्रको चर्चित गायक सम्झना लामिछाने मगर, भ्वाइस अफ नेपालको निर्णायक ‘यो कुरा गोप्य’, ‘ओई झुमा झुम्कावाली’ लगायत सयौँ चर्चित गाउनु भएका प्रमोद खरेल, विश्व नेपालीः गायक ‘मिठो’ इन्द्रेणी टिम, ‘डाँडा घरे साइलि’ लोक तथा दोहोरि गायिका लक्ष्मी मल्ल, नेपाल आइल सिजन ४ को टप ७ बाट आउट हुनुभएकि बेनिसा पौडेल, ‘फेसबुकमा’ पुरानो गायिका रिता केसीले आफ्नो प्रस्तुती दिनुहुने छ ।

नेपाली आइडलको दोश्रो सिजनबाट संगीतमा चम्किनु भएकी अस्मिता अधिकारी सिन्धुली आउन लाग्नु भएको छ । उहाँले ‘साली मन प¥यो, तिम्रो घरको वरिपरि, रुमालै चिनो धोइ धोइ’ लगायत चर्चित गित गाइसक्नुभएको छ ।

‘लजालु माया’, ‘दुई दिनको माया’ जस्ता चर्चित गितका गायकार उर्गेन दोङ, लोक तथा दोहोरी गायिका ज्योति मगर, नेपाली आइडलका प्रतिस्पर्धि कर्णराज गिरी, हास्यकलाकार जितु नेपाल , ‘पानी पर्यो’, ‘ज्यानले’ बोल गित गाउने अल्मोडा उप्रेति राना, बुगिबुगि डान्सको विजेता कविता नेपालीले पनि आफ्नो प्रस्तुती दिनुहुने भएको छ ।

यस्तै, सिन्धुली महोत्सवको उदघाटन गर्न उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडु सिन्धुली आउने हुनेभएको छ । कृषि उद्योग र पर्यटनमा अभिबृद्धि गरौ समृद्धि र समुन्नत सिन्धुली निर्माणका लागि अघि बढौ भन्ने मुल नारा सहित आयोजना हुन लागेको महोत्सवको उद्घाटन मन्त्री बडूले गर्ने निश्चित भएको सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री बडूलाई मन्त्रालयमै पुगेर कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल, उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष श्रेष्ठ, पुर्व अध्यक्ष बिनेश श्रेष्ठ, पत्रकार महासंघ सिन्धुलीका पुर्व अध्यक्ष राजकुमार कार्की लगायतले निमन्त्रणा दिएपछि उद्योग मन्त्री सिन्धुली आउने हुने भएको हो । महोत्सवबाट भएको नाफाले एक शक्तिशाली दमकल खरिद गर्ने तयारी भएपछि सरोकारवाला तथा स्थानिय उत्साहित समेत भएका छन् । कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएको र महोत्सव पछि सुविधायुक्त शक्तिशाली दमकल खरिद गरिने उद्योग बाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष श्रेष्ठका अनुसार करिब १ करोड २५ लाख रुपैया लाग्ने दमकल कमलामाई नगरपालिकाको साझेदारीमा खरिद गर्न लागिएको हो । दमकल खरिद गरेर नगरपालिकालाईनै सञ्चालनको जिम्मा दिइनेछ ।

दश दिनसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई विशेष प्राथमिकता दिइने आयोजक सिन्धुली उद्योग बाणिज्य संघले जनाएको छ । सांस्कृतिक चिनारीको आदानप्रदान गरी जिल्लामा व्यावसायिक व्यापारीकरण र पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउन महोत्सव आयोजना गरिएको हो । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिका कार्यालयको सयुक्त आयोजनामा हुन लागेको महोत्सवमा जिल्लामा उत्पादन हुने जुनार, अन्य कृषिजन्य वस्तु एवम् जडीबुटीको व्यावसायिक उत्पादन र स्थानीय लोकसंस्कृतिको जगेर्ना गरी आत्मनिर्भर सिन्धुली निर्माणको अभियान सफल पार्न सहज हुने उद्देश्य लिइएको छ । महोत्सवको आकर्षणका रुपमा सिन्धुलीको रसिलो जुनार, जिल्लाका अन्य विभिन्न उत्पादन, लोक सांस्कृतिक झाँकी र मुलुकमा निकै चर्चा कमाएका कलाकारहरुको प्रस्तुति हुने सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा तीन सय ओटा व्यवस्थित सटर निर्माण गर्ने तयारी भएको छ । महोत्सव अवलोकनका लागि साधारण टिकट ६० रुपैया र परिचयपत्रका आधारमा अपाङ तथा विद्यार्थीका लागि बिस रुपैया छुट दिने व्यवस्था गरिएको छ । यस्तै जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निशुल्क महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

यसैबिच, उद्योग वाणिज्य संघ सिन्धुलीले स्थानीय व्यवसायीहरुले सिन्धुली महोत्सव २०७९ को स्टल बुकिङ गरी अन्य व्यक्तिलाई मनोमानि ढंगबाट विक्री गरेको भन्ने खबर थाहा पाएकाले त्यसो गरेको पाईएमा पहिचान गरी नीजको धरौटी जफत र स्टल समेत उपलब्ध नगराउने जानकारी गराएको छ । स्टल बुकिङ गर्ने सम्बन्धित व्यक्तिलाई मात्र स्टल उपलब्ध गराईने जानकारी दिएको छ ।

प्रतिक्रिया