शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा वडाध्यक्षले स्थानीयलाई कुटे

शुक्रवार , पौष १, २०७९

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ का वडाध्यक्ष बिचबहादुर मोक्तानले बुधबार राति स्थानीयवासी रामशरण फूयाँललाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

सोही गाउँपालिका–७ को क्वाटर भन्ने स्थानमा वडाध्यक्ष मोक्तानले आफ्नै वडाका स्थानीयवासी फूयाँलमाथि ट्याक्टर सस्तो भाडामा नदिएको निहुँमा सांघातिक आक्रमण गरी घाइते बनाएका हुन् । वडाध्यक्ष मोक्तानको सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका फूयाँलको सिन्धुली अस्पतालमा उपचार भैरहेको सोही वडाका निवर्तमान वडाध्यक्ष बालकृष्ण नेपालले बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रको टिकटबाट निर्वाचित वडाध्यक्ष मोक्तानले यसअघि पनि ३ जनालाई कुटपिट गरी घाइते बनाएको स्थानीयले बताएका छन् । सोही घटनामा पीडित बनेका फूयाँलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् ।वडाध्यक्ष जस्तो मर्यादित जनप्रतिनिधिले आफैंलाई मतदान गर्ने मतदातालाई त्यसरी मरणासन्न हुने गरी कुटपिट गर्नु अन्याय भएको हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेकबहादुर थिङले बताउनुभयो ।

प्रतिक्रिया