शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

गितमा बुट्टा भर्दै, चेतना छर्दै सिन्धुलीका डिएफओ न्यौपाने (अडियो सहित)

शुक्रवार , पौष १, २०७९

सिन्धुली – डिभिजन वन कार्यालय सिन्धुलीका वन अधिकृत कृष्ण न्यौपानेले गाएको गितहरु सामुदायिक वन क्षेत्रमा गुञ्जिरहन्छ । गित गाउनु उहाँको शौक हो । त्यहि शौकको माध्यमबाट उहाँले नागरिकलाई सचेत गराइरहनुभएको छ । अक्सर अरुले कम्पोज गरेको गित गुन्गुनाउने न्यौपानेले आदि दर्जन गितमा भने आफैँले संगीत भर्नुभएको छ ।

कर्मचारी मिलन केन्द्र सिन्धुलीको संयोजक समेत रहनुभएका न्यौपानेले वन संरक्षण सम्बन्धि चेतनामुलक गितहरु कम्पोज गरि वनको महत्व र वन संरक्षण गर्न अपनाउनुपर्ने सावधानिहरुका बारेमा नागरिकलाई सचेत गराइरहनुभएको छ । फुर्सदको समयमा आफ्नो शौक पुरा गर्न गित गाउने न्यौपानेले गितकै माध्यमबाट वन डढेलो नियन्त्रण, चोरीनिकासि रोकथाम लगायत वन संरक्षणका संदेशहरु प्रवाह गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘संगीत मेरो रुचि हो । फुर्सदको समयमा कहिलेकाहि गित पनि लेख्छु । वन संरक्षणतर्फ मान्छेहरु धेरै सचेत नभएको पाउँछु । गितको माध्यमबाट नागरिकलाई वन संरक्षणका बारेमा सचेत गराउने मेरो सानो प्रयास हो ।’

 

वन फडानि, वन्यजन्तु चोरीनिकासि, डढेलो तथा प्राकृतिक श्रोतको दोहन लगायत अवैद्य कार्यले वन क्षेत्रमा नकारात्मक असर पुगेको न्यौपाने बताउनुहुन्छ । हरेक वर्ष नेपालका हजारौँ हेक्टर वन जंगल डढेलोले सखाप पार्ने गरेको न्यौपानेले बताउनुभयो । सानो गल्तिले ठूलो क्षति हुनेहुँदा नागरिकलाई मनोरञ्जनको माध्यमबाट सचेत गराउन आफूले गितसंगित रोजेको न्यौपानेले भन्नुभयो । उहाँ भन्नुहुन्छ, “मह जोडीले निर्माण गरेको ‘वनपाले’ टेलिफिल्मले नागरिकमा वन संरक्षणका बारेमा रामै्र चेत अभिवृद्धि गरेको थियो । कलाकारिताले मान्छेको मन छुन्छ । त्यसैले, गितसंगित कम्पोज गर्छु ।”

१० महिना रामेछाप र भक्तपुरमा पनि झण्डै ११ महिना काम गरेर सिन्धुली सरुवा हुनुभएको न्यौपाने जहाँजहाँ जानुहुन्छ, त्यहाँ उहाँको गित बज्ने गर्दछ । सिन्धुलीका वन क्षेत्र आसपासका बस्तिमा अहिले न्यौपानेले सिर्जना गरेको गित गुन्जिने गरेको छ । वन कार्यालयले कर्मचारीनै खटाएर मोटरसाइकलमा स्पिकर रािख संदेशमुलक सूचनाहरु प्रवाह गरिरहेको डिएफओ न्यौपानेले बताउनुभयो ।

गत वर्षमात्रै सिन्धुलीमा डढेलोले चार सय ५० हेक्टर वन क्षेत्रमा नोक्सानि पुर्योएकोन्यौपानेल जानकारी दिनुभयो । वर्षेनि नेपालमा हजारौँ हेक्टर वन क्षेत्रमा डढेलो लाग्नेगरेको छ । वन संरक्षणकालागि डिभिजन वन अधिकृतका रुपमा उहाँले आफ्नो भुमिका त निभाउनुनै भएको छ, व्यक्तिगत रुपमा पनि गितको माध्यमबाट सचेतना फैलाइरहनुभएको छ ।

[audio mp3="https://sindhulisaugat.com/media-file/images/2022/12/Dadelo-Song_Krishna.mp3"][/audio]

प्रतिक्रिया