शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिण ४ मा बालमैत्री र अपांगमैत्री विद्यालय भवन

बुधवार , मंसिर २८, २०७९

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका ४ मा बालमैत्री र अपांगमैत्री विद्यालय भवन निर्माण भएको छ । मरिण गाउँपालिका ४ रहेको माध्यमिक विद्यालय ठूलीदमार आँपचौरको बालमैत्री र अपांगमैत्री भवन निर्माण भएको हो । सो भवनको मंगलबार आयोजित एक कार्यक्रमका बिच सिन्धुली क्षेत्र नंं. २ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले भवनको उदघाटन गर्नुभएको हो ।

प्लान ईन्टरनेशनल नेपाल, हेन्डस नेपाल सिन्धुलीको साझेदारी तथा मरिण गाउँपालिकाको समन्वयमा संचालित लैङ्गिक उत्तरदायी विद्यालय तथा सामाजिक सुरक्षा पहल परियोजनाको १ करोड ३६ लाख रूपैयाँ लागतमा ६ कोठाको विद्यालय भवन निर्माण भएको मरिण गाउँपालिकाले जानकारी दिएको छ ।

३ कोठाको आपांगमैत्री तथा छात्रामैत्री शौचालय पनि निर्माण भएको छ । विद्यालयको सुरक्षाको लागि वेराघेरा र गेट पनि निर्माण भएको छ । शौचालयमा छात्राहरूको सेनेटरी प्याड व्यवस्थापनको लागि आधुनिक तरिकाको उपकरण समेत जडान गरिएको छ । विद्यालयमा प्रारम्भिक बाल विकासका बालबालिकाको सिकाई सहजीकरणका लागि भित्तेलेखन गरिएको छ ।

भवन उदघाटन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले प्रविधिमैत्री भवन निर्माण भएकाले बालबालिकाको पढाइमा सहयोग पुग्ने बताउनुभयो । सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने भुमिका निभाउन नसक्दा समस्या समाधान हुन नसकेको बताउनुभयो । उहाँले संघिय शिक्षा ऐन जारी गरि शिक्षा क्षेत्रको सुधार र विकासमा संसदमा महत्त्वपूर्ण भुमिका निभाउने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले यश अघिको सरकारले बार्षिक करौडौ बजेट खर्च गरेर शिक्षा सुधारका लागि गरेका राम्रो कामलाई निरन्तरता दिएको बताउनुभयो । साथै उहाँले केही नयाँ कार्यक्रमहरू ल्याएको प्रभावकारी अनुगमन नुहुदा शिक्षामा भएको लगानीको सोचे अनुरूप उपलब्धि प्राप्त नभएको महसुस भएर गाउँपालिकाले शिक्षा सुधारका निम्ति विद्यालय अनुगमनको लागि शिक्षा सहजकर्ता नियुक्ति गरिएको बताउनुभयो ।

भवन उदघाटन कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, निवर्तमान अध्यक्ष पानीराज बम्जन, प्लान ईन्टरनेशनलको नेपालको लागि राष्ट्रिय निर्देशक राम किसन, हेन्डस नेपालका अध्यक्ष बासुदेव अधिकारी लगाएतको उपस्थिती रहेको छ ।

प्रतिक्रिया