शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोशीमा पशुपंक्षिको निशुल्क औषधी वितरण हुने

मंगलवार , मंसिर २७, २०७९

सिन्धुली – सुनकोशी गाउँपालिकाले पशुपंक्षिको निशुल्क औषधी वितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा औषधी वितरण गरिने गाउँपालिकाले एक सुचना निकालेर जानकारी दिएको हो ।

गाउँपालिकाद्धारा प्रकाशित सुचना अनुसार यहि मंसिर २७ गते वडा नम्बर १ को वडा कार्यालय दुम्जामा, २८ गते वडा नम्बर २ को कार्यालय ज्यामिरेमा, २९ गते वडा नम्बर ३ को कार्यालय झागाझोलीमा निशुल्क औषधी वितरण गरिने छ ।

यस्तै, पुष ३ गते वडा नम्बर ४ को वडा कार्यालय डुडे, ४ गते गाउँपालिकाको कार्यालय रामटारमा, ५ गते वडा नम्बर ६ को कार्यालय खाल्टेमा र ६ गते वडा नम्बर ७ को कार्यालय मझुवामा निशुल्क औषधी वितरण गरिने सुचनामा उल्लेख गरिएको छ । साथै, गाउँपालिकाले तोकिएको मितिमा उपस्थित भई सेवा लिन सुनकोसीबासीलाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया