सिन्धुली – सिन्धुलीमा आफ्नै बाबुबाट बलात्कृत १४ वर्षिय बालिकाले बच्चा जन्माएकी छिन् । अविवाहित १४ वर्षिया बालिकाले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो ।
उनी १३ वर्षकी हुँदा आफ्नै बाबुबाट बलात्कृत भएकी थिइन् । त्यसवेला उनले यो कुरा कसैलाई भनिनन् । विस्तारी उनको पेट ठुलो हुदै गयो । उनलाई पेट पनि धेरै दुख्न पनि थाल्यो । एक दिन उनलाई आमाले नजिकैको मेडिकल पु¥याइन । त्यहाँ उनी सात महिनाको गर्भवती रहेको कुरा खुल्यो । गर्भपतन गर्न मिल्ने समय गुज्रिसकेको थियो । आफूले महिनावारी रोकिएको बारे पटक–पटक सोधे पनि छोरीले ढाँट्दै आएको आमाले बताएकी छन् । “ मैले पहिले मनिवारी रोकिदा छोरीलाई सोधेको पनि थिए, तर उनले भनिन् अब अहिले गर्भपतन गराएमा आमाको पनि ज्यान ज्याने डाक्टले भनेको छ ,” उनकी आमाले भनिन् ।
गाउँभर कुरा फैलियो । बाबुको गर्भ रहेको कुरा बाहिर आएपछि गाउँकै मानिसले प्रहरीलाई खबर गरे । मादक पदार्थ खाएर आफ्नो बावुले बलात्कार गरेको बालिकाले बताइन् । “हामी सबै जना एउटौ कोठामा सुत्ने गथ्र्यौ , कुन दिन भन्ने मैले याद गरिन, बुबाले रक्सि खाएर आउनुभएको थियो । रातको समय बुबाले उठेर मलाई जवरजस्तिकरणी गर्नुभएको हो । मैले त्यसबेला कसैलाई बोलाउन पनि सकिन ,” बालिकाले भनिन् ।
ति बाबु जिल्ला अदालत सिन्धुलीमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गाउँभरका सबैले बालिकालाई नराम्रो भन्न थाले । गाउँमै बस्न नदिने कुरा समेत सुनिन थाल्यो । बालिका र उनकी आमा प्रहरी कार्यालयमा आइपुग्य । प्रहरीले सुरक्षित आवासगृह सिन्धुलीसँग सम्पर्क गरि ती बालिकालाई त्यहाँ पठाइदियो । बालिकाले आठ दिन भयो छोरा जन्माएकी । सुरक्षित आवासगृहले घटना हेरेर पिडितलाई ३ महिना सम्म राख्ने त्यहाँ कार्यरत कर्मचारीले बताइन् । छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको बालिकाको आमा बताउँछिन् । “कक्षा ६ मा पढ्ने छोरी, अब पढ्न कसरी पठाउने ? अरु दुइ जना छोराछोरी छन् तिनिहरुलाई कसरी खुवाउने ? कमाउने त्यहि एउटा बावु थिए ।” आमाले भनिन् । छोरीको भविष्य सोचेर रातको निन्द्रा समेत हराउने गरेको आमा बताउँछिन् । “छोरी आफै बच्चा छे । यो बच्चालाई कसरी हुर्काउन सक्छे र ? गाउँले सबैले नराम्रो भन्छन् । यसलाई स्कुल जान पनि अब अफ्टायारो छ ,” उनले भनिन् । बैदेशिक रोजगारीमा रहेका ति बाबु दुई वर्ष अगाडि घर फर्किएका हुन् । उक्त परिवार ज्याला मजदुरी गर्दै आएको छ । उनीहरुको एक छोरा र दुइ छोरी छन् ।