शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा कुकुर आतंक

बुधवार , मंसिर २१, २०७९

सिन्धुली – सिन्धुलीमा सडकका कुकुरले टोकेर १६ जना घाइते भएका छन् । कमलामाई नगरपालिका–६ धुराबजार र आसपासका क्षेत्रमा मंगलबार बिहानबाट कुकुरले सडकमा हिँडिरहेकाहरुलाई टोकेको हो ।घाइते १६ मध्ये ३ जनालाई थप उपचारका लागि काठमाडाँै रिफर गरिएको छ ।

कालो रंगको बहुलाएको कुकुरले सडकमा हिँड्ने धेरैलाई टोकेको स्थानीय सञ्जय शाहले बताउनुभयो । कुकुरले टोकेपछि लगाउने भ्याक्सिन सिन्धुली अस्पतालमा नभएकाले धेरैजसो बिरामी उपचारका लागि काठमाडौंतर्फ लागेका छन् । ककुरले टोकेर धेरै घाइते भएकाहरुलाइ टेकु अस्पतालमा रेफर गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो । घाइते मध्ये मरिण गाउँपालिका ६ का ४ बर्षिय समर लामा, कमलामाई नगगरपालिका ६ का ४४ बर्षिय चन्द्रादेवि सिंह र कमलामाई नगरपालिका ५ का ८८ बर्षिय राजमान श्रेष्ठलाई काठमाडौँ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

त्यस्तै अन्य घाइतेहरुमा कमलामाई नगरपालिका ६ की ३० बर्षिय शोभा काफ्ले, ३२ बर्षिय शिव काफ्ले, ४३ बर्षिय राजु परियार, १५ बर्षिय संजय थापा, १५ बर्षिय अनुस्का थापा, २८ बर्षिय दुर्गा पुलामी, २८ बर्षिय, रिमा यादव, ६१ बर्षिय विष्णुमणी कोेइराला, कमलामाई नगरपालिका ११ का २७ बर्षिय जंग बहादुर भुजेल, कमलामाई नगरपालिका ७ का ३५ बर्षिय उत्तर बहादुर कार्की, कमलामाई नगरपालिका १ का ३३ बर्षिय धर्म बहादुर श्रेष्ठ, ७२ बर्षिय देवि प्रसाद गौतम र मरिण गाउँपालिका ६ का २४ बर्षिय दिलिप अधिकारीको सिन्धुली अस्पतालमा उपचार पश्चात घर पठाइएको छ ।

एउटा भुसीया कुकुर कमलामाई नगरपालिकाले नियन्त्रणमा लिसकेको र अर्को एउटा भुसिया कुकुर बस्तीमा पसेको अनुमान गरिएकाले सचेत रहन कमलामाई नगरपालिकाले नागरिकहरुलाई आग्रह गरेको छ । यदि त्यस्तो संकास्पद कुकुर देखेमा वा त्यस्ता कुकुरले टोकेका गाई, भैसी, खसी, बाख्रा चोपायाहरु भएमा तुरुन्त नगरपालिकामा सम्पर्क गर्न कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले आग्रह गर्नुभएको छ ।

साथै संकास्पद कुकुरले टोकेको गाई भैसीको दुध सेवन तथा विक्री नगर्न र खसी बाख्रा समेतको विक्री नगर्न तथा मासु सेवन नगर्न अनुरोध गर्दै त्यस्तो गरेको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाहि गरिने समेत उहाँले बताउनुभयो । साथै संकास्पद देखिएका कुकुरले टोकेका गाई, भैंसी, खसी, बाख्रा, जस्ता चौपायाहरु भए तत्कालै कमलामाई नगरपालिकाका अधिकृत कर्मचारी ९८४४१५६६४२ लाई सम्पर्क गर्ने समेत एक सुचनामार्फत नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया