शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको हरिहरपुरगढीमा पाँच केजि गाँजा बरामद

सोमवार , मंसिर १९, २०७९

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पाँच केजि गाँजा बरामद गरिएको छ । हरिहरपुरगढी गाउँपालिका–८ पत्रामा प्रहरीले पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको हो ।

शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र. ३–०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए । उक्त मोटरसाइकल चेकजाँज गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गरिरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया