सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकाले आमाबाबु बिहिन बालबलिकालाई मासिक भत्ता उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष ०७९/८० को बार्षिक कार्यक्रम तथा प्रदेश सर्शत अनुदान कार्यक्रम अन्तर्गत बाबुआमा बिहिन बालबालिका संरक्षण कार्यक्रमको लागी गाउँपालिकाले गाउँपालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बाबु आमा दुबैको मृत्यु भएका, दुबै बेपत्ता भएका र दुबैको संरक्षणबाट बञ्चित भई अन्य ब्यक्तिको संरक्षणमा रहेका, यस अघि कुनै प्रकारको भत्ता प्राप्त नगरेका बालकबालिकालाई मासिक भत्ता उपलब्ध गराउँन लागेको गाउँपालिकाले एक सुचना निकालेर जानकारी दिएको हो ।
भत्ता लिनका लागी सम्बन्धित व्यक्ति वा संरक्षकको निवेदन, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि वा नागरिकता भएमा नागरिकताको प्रतिलिपि, बाबु आमा दुबैको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि वा दुबै बेपत्ता भएका दुबैको संरक्षण र रेखदेखको बञ्चितमा परेको कागजात, ५ बर्ष उमेर पुगेका बालबालिकाको हकमा बिद्यालयमा भर्ना भई नियमित बिद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफासिर पत्र, संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र संबन्धित बालबालिकाको संरक्षण हो भनी वडा कार्यलयले दिएको सिफारिस पत्र लिएर आ आफ्नो वडा कार्यलयमा पुष २ गने भित्र निबेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।