शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा चुनावि खर्च नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दि

शुक्रवार , मंसिर १६, २०७९

सिन्धुली– सिन्धुलीको एक वडा कार्यालयमा वडाध्यक्षले चुनावि खर्च नदिएको भन्दै तालाबन्दि गरिएको छ । जिल्लाको दुधौली नगरपालिकाको १ नम्बर वडा कार्यालयमा शुक्रबार बिहान नेपाली कांग्रेसका कार्यकर्ताले तालाबन्दि गरेका हुन् ।

गत वैशाख ३० गते स्थानिय तहको चुनावमा भएको खर्च नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान वडाध्यक्ष जय बहादुर पौडेलले नतिरेको भन्दै उहाँकै पार्टी कार्यकर्ताले ४५ मिनेटसम्म वडा कार्यालय ठप्प बनाएका हुन् । वडा कार्यालयमा तालाबन्दि लगाएको झण्डै आधि घण्टापछि प्रहरी पुगेको थियो । प्रहरी आएपछि बन्दकर्ताले ताला खोलेको वडा सचिव हेरम्बराज अधिकारीले जानकारी दिनुभयो । केहि समय कार्यालयमा ताला लागेपनि अहिले कार्यालयबाट काम कारवाहि शुरु भइसकेको अधिकारीले बताउनुभयो ।

यता, नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पौडेलले आफू सर्लाहिमा भएको बेलामा वडा कार्यालयमा तालाबन्दि गरिएको बताउनुभयो । आफूले उक्त खबर पाएपछि प्रहरीलाई खबर गरेको र प्रहरी देख्नासाथ बन्दकर्ताले ताला खोलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले चुनावको बेला उठेको बिलको भपाई गरिसकेको छु । वडा सभापति कमल अधिकारीको संयोजकत्वमा रहेको आर्थिक समितिलाई मैले चुनावि खर्च भनेर पैसा दिइसकेको छु । वडा सभापतिले के कसो गर्नुभयो मलाई थाहा छैन ।’

आफ्नै कार्यकर्ताबाट पैसाको लबिङ: सिन्धुलीको क्षेत्र नम्बर २ बाट प्रदेस सभामा उम्मेदवारी दिएका एक नेताका अनुसार चुनावको बेला आफ्नै कार्यकर्ताले पैसा मागेर सताउने गरेका छन् । ती नेताले भने, ‘पार्टीको केन्द्रिय सदस्यले समेत प्रचारप्रसारकोलागि भन्दै भत्ता माग्ने गर्छन् । चुनावको समयमा कसरी फजुल खर्च न्युनिकरण गर्ने भन्दा पनि उम्मेदवारबाट कसरी पैसा फुत्काउने ध्याउन्नमा आफ्नै पार्टीका नेता तथा कार्यकर्ता लागिपर्छन् ।’ उम्मेदवारलाई नेता तथा कार्यकर्ताले दुहुनो गाई सम्झिने गरेको ती नेताले आरोप लगाए ।

सम्बन्धित विषय:

प्रतिक्रिया