सिन्धुली – गोलन्जोर गाउँपालिकाको विकास निर्माणको काम ठप्प छ । चालु आर्थिक वर्ष सुरु भएको झण्डै पाँच महिना वित्तिसक्दा पनि गाउँपालिकाले कुनै विकासको काम गर्न सकेको छैन ।
करार कर्मचारीको समयअवधि बढाउने विषयमा विवाद हुदाँ गाउँपालिकाको आर्थिक र योजनाको सम्झौताको काम हुन सकेको छैन । हाल सम्म पालिकाको कुनै पनि योजना सम्झौताको काम नभएको प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहालले बताउनुभयोनुभयो । “म आएको झण्डै एक महिना भयो, विचमा चुनावको कारणले पनि काम हुन सकेन । अब छिटै नै हामी काम सुरु गर्ने छौँ । हामीले हिजो जनप्रतिनिधिको तलब हाल्दिएको छौँ । हेरौँ प्रक्रिया के आउँछ ? योजना सम्झौताका लागि वडा वडामा प्राविधिक खटाएर सर्भे भइरहेको छ ,” उहाँले भन्नुभयो । राजिनितिक दललाई काम गर्नका लागि सहज वातावरण बनाइ दिन उहाँले आग्रह समेत गर्नुभयो । “हामीलाई काम गर्नका लागि राजनितिक दलले पनि सहज बनाउनु हुने विश्वास लिएको छु । जनप्रतिनिधिबाट हाम्रो विचमा विवाद छैन, तपाइहरु सुचारु ढंगबाट काम गर्नु होस् भन्ने आदेश पखेका छौँ ,” उहाँले भन्नुभयो ।
यता माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष ज्वाला न्यौपाने (पुकार) भने प्रतिवेदनमा भएका विषय कार्यान्वयन नभएको काम रोकिएको बताउनुभयोँनुहुन्छ । उहाँले आफुहरुले बुझाएको प्रतिवेदनमा भएका विषय कार्यान्वयन भएमा तत्काल गाउँपालिकाको सम्पूर्ण काम सुरु हुने बताउनुभयोनुभयो । “कार्यसम्पादको मुल्यांकन गरेर केहि कर्मचारीलाई पुःन नियुक्ति दिने भन्ने विषय प्रतिवेदनमा छ । त्यो कार्यन्वय भए समस्या समाधान भइहाल्थ्यो । सो अनुसार काम गर्न कार्यपालिका बैठक राख्नु पर्यो, अध्यक्षले कार्यपालिकाको बैठक बोलाइ छलफल गर्न आवश्यक छ ,” उपाध्यक्ष पुकारले भन्नुभयो । तत्काल कार्यपालिकाको बैठक बसि गाउँपालिकाको सम्पूर्ण काम सुरु गर्ने उहाँको भनाइ छ ।
गत साउन महिनामा करार कर्मचारीको कार्यअवधि थप गर्न माग गर्दै गठबन्धन दलका नेता तथा कार्यकताले झण्डै दुइ हप्ता गाउँपालिकाको कार्यालय बन्द गरेका थिए । सो समयमा कर्मचारीको कार्यअवधि थप गर्ने गरि गाउँपालिकाका उपाध्यक्ष पुकारको संयोजकत्वमा कार्यदल गठन भएको थियो । सो कार्यदलले विभिन्न माग सहित गाउँपालिकाको अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो । उनीहरुको माग हाल सम्म सम्बोधन नभएकाले गाउँपालिकाको काम बन्द भएको हो ।
नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाको अध्यक्ष शंकर बराल छिटै नै पालिकामा सहमति जुटाइ काम अगाडि बढाउने बताउनुभयो । “जति मानिसले पहिले रोजगारी पाएका थिए, ति सबैले अहिलेपनि रोजगारी पाउने पर्ने उनीहरुको माग भएकाले मैले अस्वीकार गरेको हुँ । कामको मुल्यांकन नगरी सबै कर्मचारी राख्नुपर्ने उनीहरुको माग हो । त्यसैले नमिलेको हो । अब छिटै नि सहमति जुटाइ काम अगाडि बढाउने छौँ ,” उहाँले भन्नुभयो । कार्यपालिका बैठकमा सत्ता गठबन्धन दलको बहुमत छ । पालिकामा दुइ जना वडा अध्यक्ष मात्रै नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष छन् ।