शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणमा लिफ्ट खानेपानी आयोजना निर्माण

आइतवार , मंसिर ११, २०७९

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ३ मा निर्माण भएको चनौटे दरवार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना उदघाटन गरिएको छ । नेपाल स्वास्थका लागि पानी (नेवा)को सहयोग र मरिण गाउँपालिकाको साझेदारीमा निर्माण भएको खानेपानी आयोजना शनिबार भएको एक कार्यक्रममा मरिण गाउँ पालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ले उदघाटन गर्नुभएको हो ।

६२ लाख १८ हजार ८६८ रूपैयाँ लागतमा निर्माण भएको यस खानेपानी आयोजनाबाट मरिण गाउँपालिका वडा नं ३ का एक सय ३ घरधुरीका ६ सय ५ जना स्थानीय बासिन्दा स्वस्च्छ खानेपानी सुविधाबाट लाभान्वित भएका छन् । २०७८ भदौमा सम्झौता भई निर्माण सुरू भएको आयोजनाको निर्माण कार्य विभिन्न समस्याका कारण सम्झौता अवधि भन्दा ४ महिना ढिलो निर्माण सम्पन्न भएको नेवाका प्राविधिक अधिकृत तेज बहादुर बोहोराले जानकारी दिनुभयो ।

मरिण खोला नजिकै रहेको ईनारबाट ५ सय मिटर माथि डाडामा बनाईएको ४ ट्याङ्कीबाट घरघरमा पुर्याईएको वडा अध्यक्ष जित बहादुर श्रेष्ठले बताउनुभयो । खानेपानी आयोजनाको उद्घाटन गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले धेरै मेहनत गरेर खानेपानी आयोजना निर्माण सम्पन्न गरेकाले अब धारामा नियमित खानेपानी ल्याई राख्न स्थानियले ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया