सिन्धुली– सिन्धुलीको क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका उम्मेदवार श्याम घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँले कुल सदर मतको ५० प्रतिशत मत प्राप्त गर्नुभएको हो । चार हजार आठ सय ४५ मतले पछि पर्नुभएको नेकपा एमालेका प्रदिप कटुवालले ४२ प्रतिशत मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को ‘क’ मा माओवादी केन्द्रका मातृका भट्टराईले १५ हाजार आठ सय ५३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँले सदर मतको ४९ प्रतिशत मत प्राप्त गर्नुभएको हो । तीन हजार तीन सय २० मतले पछि पर्नुभएको नेकपा एमालेका सुभाष राज देवकोटाले ३८ प्रतिशत मत प्राप्त गर्नुभएको हो । त्यसैगरि, प्रदेशसभा १ ‘ख’ मा नेपाली काँग्रेसका उम्मेदवार राम कुमार पहाडीले १५ हजार छ सय २१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँले ५२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । दुई हजार दुई सय २२ मतले पछि पर्नुभएको एमालेका कुमार बहादुर कार्कीले ४४ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
जिल्लाको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ ले २७ हजार पाच सय १७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँले ५१ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । पाच हजार आठ सय ३० मतले पछि पर्नुभएको नेकपा एमालेका उम्मेदवार मनोज जंग थापाले ४० प्रतिशत मत प्राप्त गर्नुभएको हो । त्यस्तै, प्रदेशसभा २ को क मा नेपाली काँग्रेसका छेत्र बहादुर बम्जनले १६ हजार आठ सय २५ मतसहित निर्वाचित हुनुभएको छ । उहाँले ५४ प्रतिशत मत प्राप्त गर्नुभएको हो । पाच हजार दुई सय दुई मतले पछि पर्नुभएको नेकपा एमालेका विनोद कुमार खड्काले ३७ प्रतिशत मत प्राप्त गर्नुभएको छ । त्यस्तै, प्रदेशसभा २ को ख मा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठले १३ हजार एक मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँले ५५ प्रतिशत मत प्राप्त गर्नुभएको छ । तीन हजार दुई सय १२ मतले पराजित हुनुभएको नेकपा एमालेका उम्मेदवार रामकुमार पौडेलले ४१ प्रतिशत मत प्राप्त गर्नुभएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र र चारवटा प्रदेसभा क्षेत्र रहेको सिन्धुलीमा निर्वाचित सबैजना वाम गठबन्धनका उम्मेदवार हुन् ।
सिन्धुलीमा कस्को कति प्रतिशत मत ?