सिन्धुली – सिन्धुलीमा दुई प्रतिनिधिसभा क्षेत्रमा कुल एक लाख १८ हजार आठ सय ४० जनाले मतदान गरेका थिए । जसमध्ये चार हजार नौँ सय २९ मत बदर भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ चार प्रतिशत मत बदर भएको छ । त्यस्तै, जिल्लामा चार निर्वाचन क्षेत्र रहेको प्रदेशसभातर्फ एक लाख १९ हजार नौ सय ९३ ले भोट गरेका थिए । जसमध्येतीन हजार आठ सय ९२ मत बदर भएको छ । कार्यालयका अनुसार प्रदेससभातर्फ तीन प्रतिशत बढि मत बदर भएको छ ।
सिन्धुलीको क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ ६० हजार चार सय २० सदर मत रहेको थियो भने दुई हजार पाच सय सात मत बदर भएको क्षेत्र नम्बर १ को सूचना अधिकारी अमृता देवकोटाले जानकारी दिनुभयो । त्यस्तै, प्रदेशसभा १ ‘क’ तर्फ ३२ हजार दुई सय ६६ सदर मत रहेको थियो भने १२ सय मत बदर रहेको देवकोटाले बताउनुभयो । प्रदेसभा १ ‘ख’ तर्फ २९ हजार आठ सय ८८ सदर मत रहेको थियो भने सात सय ४५ मत बदर भएको थियो । यता, सिन्धुलीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ दुई हजार चार २२ मत बदर भएको थियो । त्यस्तै, प्रदेशसभा २ क मा एक हजार एक सय ५९ र २ ख मा सात सय ८८ मत बदर भएको थियो ।