सिन्धुली– नेकपा माओवादी केन्द्र सिन्धुलीका कार्यकर्ताले व्यक्तिगत पैसा बोकेर हिँडेका निर्माण व्यवसायीको पैसा खोसेका छन् । शनिबार राती घ्याङ्लेक गाउँपालिका ४ बेलबोटमा माओवादीका कार्यकर्ताले आफ्नै सुरमा हिँडिरहेका जनक बजु र निर्माण व्यवसायी मनोज भोलनको गाडी रोकि जबरजस्ति खानतलासि गर्दै नगद ६० हजार रुपैँया खोसेका हुन् ।
माओवादी केन्द्रका कार्यकर्ताबाट दुव्र्यवहार खेप्नुभएका बोजुका अनुसार गाउँपालिका उपाध्यक्ष शंकरमान घलानको नेतृत्वमा आएको माओवादी केन्द्रको कार्यकर्ताले आफूहरुलाई जबरजस्ति गाडी रोकाउन लगाएर खानतलासी गरेका थिए । ‘वडा नम्बर ५ चैनपुर शान्तिश्वरीबाट फर्किदै थियौँ । वडा नम्बर ४ बेलबोट नेत्रकालिमा प्रहरीले सौहार्दपुर्ण तरिकाले चेकजाँच गर्यो । पैसा देखायौँ । प्रहरीले व्यक्तिगत पैसा बोक्न पाईन्छ भन्दै चेकजाँच गर्न दिएकोमा धन्यवाद दिनुभयो ।’, उहाँले भन्नुभयो, ‘ प्रहरीले चेकजाँच गरिसकेपछि उपाध्यक्ष शंकरमानसहितको टोली आएर हामीमाथि दुव्र्यवहार गरियो ।’ नेकपा एमालेको पैसा बोकेको भन्दै माओवादी केन्द्रले दुव्र्यवहार गरेको प्रत्यक्षदर्शिले बताएका छन् । ‘ठेकेदारकालागि ६० हजार रुपैँया बोकेर हिँड्नु ठूलो कुरा होइन । चुनावको बेला हिँड्नै पाइदैँन भन्ने त हुदैँन नि ?’, उहाँले प्रश्न गर्नुभयो । सर्वसाधरणले स्वतन्त्र रुपमा हिँड्न पाउनुपर्ने बताउदैँ आफुहरुको अधिकार हनन् भएको बजुले बताउनुभएको छ ।
बजु गाउँपालिका अध्यक्ष भोलनको भान्जा हुन् भने भोलन अध्यक्षको नाति हुन् । भोलन नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।