सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ४ दोभानटारमा रहेको सिन्धुली विद्याश्रम शैक्षिक गुठीले विद्यालय प्रांगणमा चुनावि कार्यक्रमको आयोजना गरेको छ । चुनावि आचारसंहिता विपरित विद्यालयको प्रधानाध्यापक पोषक पौडेलले वाम गठबन्धनका उम्मेदवारलाई विद्यालयमा फुलमाला सहित स्वागत गरेका हुन् । विद्यालयका विद्यार्थी सहित सहभागि भएको कार्यक्रममा प्रधानाध्यापक पौडेलले वाम गठबन्धनतर्फको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई बधाई दिदैँ जितको शुभकामना दिनुभएको थियो ।
निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक हिरालाल भण्डारीले विद्यालयमा कुनै पनि चुनावी कार्यक्रम संचालन गर्न नपाईने बताउनुभयो । उहाँले विद्यार्थीलाई चुनावी कार्यक्रममा सहभागी गराउन नपाईने जानकारी दिनुभयो । सो विद्यालयको अनुगमन तथा अनुसन्धान गरि कार्वाहीको प्रक्रिया अघि बढाइने भण्डारीले बताउनुभयो ।