शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिण गाउँपालिका तीन मथौलीमा मकैको बिउँ वितरण

बुधवार , कार्तिक ३०, २०७९

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका तीन मथौलीमा मकै पकेट क्षेत्र बनाउन किसानलाई मकैको बिउँ र वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आर्धुनिकिकरण परियोजना अन्तर्गत मकै बाली साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम अन्तर्गत पचास प्रतिशात अनुदानमा उन्नत जातको बिउँ विजन मंगलवार वितरण गरिएको हो ।

मकैको बिउँ मरिण गाउँपालिका का अध्यक्ष बिमर्श मुक्तानले बितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै उहाँले मरिण गाउँपालिकालाई मकैको पकेट क्षेत्र बनाउन सम्पुर्ण किसानहरु सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य ओलक मुक्तान नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष खडक ब मुक्तान, नेकपा माओवादी केन्द्र गाउँ कमिटि सचीवलय दिनेश घिसिङको र स्थानीय किसानहरु को उपस्थिति रहेको थियो ।

साहास लघुउधम कृषि सहकारी सस्था लिमिटेड मरिणको आयोजना र मरिण गाउँपालिकाको सहयोगमा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया