शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

निर्वाचन सुरक्षा स्थिति बुझ्न सिन्धुली आइपुगे प्रधानसेनापति

मंगलवार , कार्तिक २९, २०७९

सिन्धुली– प्रधानसेनापति प्रभुराम शर्मा नेपाली सेनाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गरिरहेको तयारीबारे बुझ्न सिन्धुलीमा रहेको बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ ।

मतदानको मिति नजिकिएसँगै प्रधानसेनापति शर्माले सोमबार सिन्धुलीको कमलामाई नगरपालिका ७ माझीटारस्थित नं. ९ बाहिनी अड्डाको निरीक्षण गर्नुभएको हो । प्रधानसेनापति शर्माले विभिन्न जिल्लामा रहेको पृतना र बाहिनी अड्डाको निरीक्षण भ्रमण गरिरहनु भएको छ । उहाँले सिन्धुलीमा आएर निर्वाचन सुरक्षाको वस्तुस्थिति बुझ्दै सकलदर्जालाई निर्देशन दिनु भएको थियो ।

उहाँले बाहिनी अड्डा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वयका साथै आमनिर्वाचनको एकीकृत सुरक्षा योजनाका बारेमा जानकारी लिनुभएको छ । यस्तै, उहाँले सकलदर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिनुभएको छ । निरीक्षण भ्रमणमा रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।

सोमबारनै प्रधानसेनापति शर्माले मकवानपुरको हेटौंडास्थित मध्य पृतना हेडक्वार्टर र सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको समेत निरीक्षण गर्नुभएको छ ।

प्रधानसेनापति शर्माले मंगलबार (आज) मोरङको थलाहास्थित भैरव गण, उदयपुरको भुल्केस्थित नं. १८ बाहिनी अड्डा र काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीस्थित नं. २६ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुहुनेछ । यस्तै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षार्थ नेपाली सेनाद्वारा काभ्रेपलाञ्चोकको महाभारत इलाकामा स्थापित प्लाटून अपरेटिङ बेस (पीओबी) को निरीक्षण भ्रमण गर्नुहुनेछ ।

यसअघि कात्तिक १७ गते नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेतको सहभागितामा प्रधानसेनापति शर्माले महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टर र बाराको जितपुरस्थित नं. २८ बाहिनी अड्डाको निरीक्षण गर्नुभएको थियो ।

यसैबीच प्रधानसेनापति शर्माले सोमबार मकवानपुरको हेटौंडास्थित मध्य पृतना हेडक्वार्टर, सिन्धुलीको माझीटारस्थित नं. ९ बाहिनी अड्डा र सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण गर्नु भएको छ । त्यस क्रममा उहाँले पृतना हेडक्वार्टर तथा बाहिनी अड्डा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वयका साथै आमनिर्वाचनको एकीकृत सुरक्षा योजनाका बारेमा जानकारी लिनुभएको छ ।

यस्तै उहाँले पृतना हेडक्वार्टर तथा बाहिनी अड्डाका सकलदर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिनुभएको छ । निरीक्षण भ्रमणमा रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेल पनि सहभागी हुनुभएको थियो ।

प्रधानसेनापति शर्माले मंगलबार मोरङको थलाहास्थित भैरव गण, उदयपुरको भुल्केस्थित नं. १८ बाहिनी अड्डा र काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीस्थित नं. २६ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुहुनेछ । यस्तै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षार्थ नेपाली सेनाद्वारा काभ्रेपलाञ्चोकको महाभारत इलाकामा स्थापित प्लाटून अपरेटिङ बेस (पीओबी) को निरीक्षण भ्रमण गर्नुहुने छ । यसअघि कात्तिक १७ गते नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेतको सहभागितामा प्रधानसेनापति शर्माले महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टर र बाराको जितपुरस्थित नं. २८ बाहिनी अड्डाको निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया