सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिका ५ मा आगलागी हुँदा एक घर पुर्ण रूपमा जलेर नस्ट भएको छ । आइतबार दिउँसो ४ बजेदेखि लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी हुँदा स्थानीय बुद्ध मिक्चनको घर जलेर नष्ट भएको छ ।
घरधनि मिक्चनको अनुसार झण्डै ३०/४० लाख बराबरको क्षती भएको छ । एक्कासी लागेको आगलागीबाट नगद ४० हजार धान, मकै, सुनचादी, लत्ताकपडाहरु जलेर पूर्ण रुपमा नष्ट भएको घरधनि मिक्चनले बताएका छ्न ।
आगलागी नियन्त्रणकालागि मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान फिल्डमै खटिनुभएको थियो । उहाँले भन्नुभयो, “आगो लागेको घरमा आगो नियन्त्रण लिन सफल भयौँ । ढिलै भएपनि आगो नियन्त्रणमा लिन सक्दा बढी क्षति हुन पाएन , मोक्तानले भन्नुभयो ।
आगिलागी पीडितलाई गाउँलालिकाको र नेपाल रेड्क्रस मरिणको तर्फबाट दुई वटा त्रिपाल सहयोग गरिएको छ । सोमबार मुचुल्का उठाएपछी गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने अध्यक्ष मुक्तानले बताउनुभयो । आगो स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको हो । तार सट भएर आगलागी भएको हुनसक्ने स्थानियको भनाई छ ।