शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा तीन महिनामा आठजना बेपत्ता

बिहिवार , कार्तिक २४, २०७९

सिन्धुली– सिन्धुलीमा ३१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका छन् । जिल्लामा तीन महिनाको अवधिमा ३१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएको प्रहरीको तथ्यांकमा छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिका अनुसार साउन, भदौँ र असोज महिनामा सो संख्यामा महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका हुन् ।

तीन महिनामा सबैभन्दा बढी महिला हराएका छन् । १६ जना महिला हराएको प्रहरीको तथ्यांकमा छ । ति मध्ये, ९ जना फेला परेका छन् भने सातजना हालसम्मपनि बेपत्ता छन् । सोहि अवधिमा ११ जना बालिका हराएका छन् । हराएका बालिका मध्ये १० जना फेला परेका छन् । त्यसैगरि, तीन महिनाको अवधिमा ३ जना बालक हराएका थिए । हराएका तिनै बालक फेला परिसकेका छन् । त्यस्तै, एक जना जेष्ठ नागरिक हराएकोमा फेला परिसकेको प्रवक्ता नायब उपरिक्षक केसीले बताउनुभयो ।

जल्लामा हराएका ३१ जना मध्ये २३ जना फेला परिसकेका छन् । हाल ७ जना महिला र एक बालिका गरि आठ जना बेपता छन् । उनीहरुको खोजि कार्य भइरहेको डिएसपि केसिले बताउनुभयो । उहाँका अनुसार पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका हराउने गरेका छन् । बालबालिका भने अभिभावकको संरक्षण अभावमा हराउने गरेको उहाँ बताउनुहुन्छ । “कुनै बालबालिका आमाबाबु मध्ये एक जनासँग बसेको हुन्छ ।

आमा वा बाबुले अर्कैसँग विवाह गर्ने जस्ता कारणले बालबालिकालाई पर्याप्त माया दिन सकेका हुँदैनन् । जसका कारण बालबालिका परिवारलाई थाहै नदिएर हराउँछन्,” उहाँले भन्नुभयो, “कतिपय साथीभाइको लहैलहै, कसैको बहकाउ तथा नयाँ ठाउँमा जाने लोभले हराउने गरेका छन् ।” उमेर पुगेका महिला भने परिवारका सदस्यलाई थाहा नदि आफुखुसि विवाह गर्ने गरेको कारण परिवारले हराएको भनि निवेदन दिने गरेको प्रनाउ केसि बताउनुहुन्छ । “महिलाहरु बढी परिवारको सदस्यलाई जानकारी नगराई विवाह गरेर जाने गरेकाको निवेद वढी छ ।” उहाँले भन्नुभयो, “हराएका महिला बालबालिका तथा जेष्ठ नागरिकको खोजि कार्य भने भइरहेको छ ।” जेष्ठ नागरिकको सवालमा बढी मात्र मानसिक सन्तुलन गुमाएर हराउने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा महिला घरेलु हिंसाका घट्ना बढ्यो

जिल्लामा महिला घरेलु हिंसाका घटना बढेको छ । तीन महिनाको अवधिमा ३२ वटा घरेलु हिंसाका उजुरी परेको छ । ति उजुरी मध्ये २४ वटा मिलापत्र भएका छन् भने ३ वटा अदालत पक्रियामा गएको प्रनाउ केसिले जानकारी दिनुभयो । ५ वटा फर्छ्योट गर्ने बाकिँ रहेको छ ।

घरेलु हिंसाअन्तर्गत शारीरिक, मानसिक, यौनिक र आर्थिकजस्ता यातनाका विरुद्ध धेरै उजुरी परेका प्रनाउ केसिले बताउनुभयो । यद्यपि, गाउँगाउँमा यस्ता घरेलु हिंसाका घटना भए पनि पीडित अझै प्रहरीसमक्ष पुग्न नसकेको महिलाअधिकारकर्मी बताउछन् । पीडित प्रहरीसमक्ष पुग्न नसक्ने र पुगिहाले फेरि परिवारमा फर्कन नसक्ने डरले अझै धेरै महिला घरेलु हिंसाको सिकार भएरै बसिरहेको उनीहरुको भनाइ छ । प्रहरीले घरेलु र अन्य आपराधिक घटना कम गराउन जिल्लामा जनचेतना कार्यक्रम पनि सञ्चालन गरेको प्रनाउ केसिले जानकारी दिनुभयो । घरेलु हिंसा तथा महिला हिंसा, मानवअधिकार संरक्षण र पालना, मानव बेचविखन रोकथाम, बाल विवाह तथा बहुविवाह रोकथाम, बोक्सी कुप्रथाविरुद्धको अभियान, दाइजो प्रथा, लागूऔषध दुब्र्यसनी तथा यौन शोषणलगायत धेरै विषयमा जनचेतना फैलाउन कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया