शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मिडियालाई आचारसंहिता विपरित प्रसारण तथा प्रकाशन नगर्न आग्रह

सोमवार , कार्तिक २१, २०७९

सिन्धुली – सिन्धुलीमा मिडियालाई आचारसंहिता विपरित प्रसारण तथा प्रकाशन नगर्न आग्रह गरिएको छ । आइतबार सिन्धुलीमाढीमा आयोजित जिल्ला स्तरिय मिडिया अभिमुखीकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले आचारसंहिता विपरित प्रसारण तथा प्रकाशन नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले सञ्चार माध्यमहरुले कुनै सानो गलत सुचना तथा समाचार प्रशारण गर्दा मतदातामा नकारात्मक असर पर्ने भएकाले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउने आचारसंहिताको पालना गरी सुचना, समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । साथै उहाँले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उम्मेदवार, राजनितिक दल लगाएत सबैलाई लाग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार न्यौपानेले उम्मेदवार, राजनितिक दल लगाएत सबै पक्षको गतिविधिको निगरानी गरी भयरहित, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सञ्चार माध्यमको गहन भुमिका हुने बताउनुभयो । जिल्लामा मतदाताहरुले भयरहित तरिकाले मतदान गर्नको लागि जिल्लाको शान्ति सुरक्षा ब्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । प्रत्येक बुथका लागि उक्त स्थानको भौगोलिक अवस्था जनसंख्याको अवस्था हेरेर आफ्नो योजना अनुरुप हरेक ठाउँमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान आयोग, म्यादी प्रहरी लगायतका सुरक्षा निकायका सुरक्षाकर्मी खटाइएको उहाँले बताउनुभयो ।

यसैबिच, सिन्धुलीमा आचारसंहिता उल्लघन गरेका ६ वटा उजुरी परेको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत हिरालाल भण्डारीले अनुसार ६ वटा उजुरी मध्ये ४ वटा उजुरी उपर कारबाहि गरिएको र २ वटा उजुरीमा कारबाहि गर्न बाँकी रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले आयोजना गरेको जिल्ला स्तरिय मिडिया अभिमुखीकरण कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकृत पुष्पा कुमारी झा र नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले प्रस्तुतिकरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया