सिन्धुली– राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठले विगतको निर्वाचनमा जस्तै मतदातालाई धम्क्याउने, त्रसित बनाउने र अर्को पक्षलाई बुथबाट लखेटेर एकलौटी मत खसाल्ने अबस्था आउन नदिने बताउनु भएको छ ।
नेकपा एमाले २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन कमिटीद्धारा आयोजित कार्यक्रमलाई अतिथिका रुपमा सम्वोधनगर्दे उहाँले सो कुरा बताउनु भएको हो । विगतको निर्वाचमा एमालेका एजेण्ट र नेता कार्यकर्ताहरुलाई मतदान केन्द्रबाट लखेटेर माओवादी केन्द्रका नेता कार्यकर्ताले एकलौटी मत खसालेको बताउँदै युवा नेता श्रेष्ठले निर्वाचनलाई निश्पक्ष हुनबाट रोक्ने, मतदातालाई धम्क्याउने, जर्वजस्ती गर्ने जो कोहीलाई त्यसै नछोडिने उद्घोष गर्नु भएको छ । हामी निश्पक्ष र धाँधलीरहित निर्वाचन होस् र मतदाताले निर्भयताका साथ आफुले रोजेको उमेदवारलाई मतदान गर्न पाउनु पर्छ भन्ने मान्यता रहेको बताउँदै उहाँले गलत काम गर्नेहरुलाई नछोडिने दाबी गर्नु भयो ।
निकै आक्रोसपूर्ण अभिव्यक्ति दिनु भएएका श्रेष्ठले विगतको स्थानीय निर्वाचनमा एमाओवादीले सिन्धुलीका विभिन्न स्थानमा बुथ कब्जा गरेर जितेको बताउँदै मंसिर ४ गतेको निर्वाचनमा त्यस्ता षडयन्त्र गरिएको त्यसको डटेर प्रतिकार गर्ने जनाउनु भयो ।
कार्यक्रमलाई सम्बोधनगर्दै युवा संघका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज देवराज वाइवाले सिन्धुलीका मतदातालाई धाक धम्की दिएर आफ्नो पक्षमा मतदान गर्न दवाब दिने जो कोहीलाई पनि नछोडिने बताउनु भयो । उहाँले हामी निर्वाचन आयोगले भनेजस्तै निर्वाचन निश्पक्ष र धाँधलीरहित होस् मतदाताले निडरताका साथ मतान गर्न पाउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै सुनकोशी र ध्याङलेखका मतदाताले आफुहरुमाथि डर धाक धम्की आएको बताउन थालिरहेका छन्, यदी यस्तो अबस्थालाई स्थानीय प्रशासनले रोक्न सकेनभने हामी युवाहरु आफैं रोक्न तयार हुने बताउनु भयो