शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा १ सय ३३ जनामा डेंगु संक्रमण

आइतवार , कार्तिक २०, २०७९

सिन्धुलीमा लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बिरामीको सङ्ख्या १ सय ३३ पुगेको छ । जिल्लामा हाल सम्म १ सय ३३ जनामा डेंगु संक्रमण भएको बागमती प्रदेश निर्देशनालयले जनाएको छ ।

डेंगु संक्रमणको संख्या बढ्दै गएको बागमती प्रदेश निर्देशनायले जनाएको छ । प्रदेशभरि लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ ।

बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्यांक जनाइएको छ ।

काठमाडौँमा १३ हजार दुई सय जनामा डेंगु संक्रमण भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो । यसैगरी सिन्धुलीमा एक सय ३३, ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभे्रपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८ र दोलखामा ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको बताइएको छ । यस्तै प्रदेशमा डेंगुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया