शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका चार पालिकामा नमूना मतदान

आइतवार , कार्तिक २०, २०७९

सिन्धुली – सिन्धुलीको चार पालिकामा नमूना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाको चार पालिकामा नमूना मतदान गरिएकोे हो । जिल्लाको फिक्कल, गोलन्जोर, सुनकोशी र घ्याङलेख गाउँपालिकामा नमूना मतदान भएको जिल्ला निर्वाचन अधिकारी गिता दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मत बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको हो । पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर मतदान गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा मतदान गर्ने तरिकाबारे जानकारी दिनका लागि नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको र नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिएको उहाँले बताउनुभयो । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । बाकिँ पाच वटा पालिकामा पनि नमूना मतदान हुने दाहालले जानकारी दिनुभयो ।

यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाको लागि एक÷एक गरेर चार मतपत्रमा छाप लगाउनुपर्ने छ ।

त्यस्तै निर्वाचन आचारसंहिता कडाइ गर्नका लागि योजना बनाइ अगाडि बढेको उहाँले बताउनुभयो । अहिले सम्म लिखित उजुरी हामी समक्ष आएको छैन । “आचारसंहिता उल्लघन भया ेभनेर मौखित चाहि आएको छ । हामीले निगरानी पनि गरिरहेका छौँ । आचारसंहिता उल्लघन गर्न नदिन विषेश योजना बनाइ अगाडि बढेका छौँ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया