शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कठायत बन्नुभयो सिन्धुलीकै सर्वोत्कृष्ट प्रहरी

बिहिवार , कार्तिक १७, २०७९

सिन्धुली– प्रहरी जवान बसन्त बहादुर कठायत सिन्धुलीकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । कठायत असोज महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको हो । नेपाल प्रहरीले हरेक महिना जिल्ला कार्यालयबाट उत्कृष्ट प्रहरीलाई सम्मान गर्दै आएको छ ।

ईलाका प्रहरी कार्यालय, भिमानमा कार्यरत कठायतले असोज महिनामा विभिन्न घट्नामा ईमान्दारी, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट दायित्व निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उत्कृष्ठ प्रहरी घोषणा गरेको हो । कठायतकै सक्रियतामा गत असोज ६ गते कमलामाई नगरपालिका ९, ईनारपानीका २४ वर्षियाा प्रविन लामिछानेलाई लागुऔषधसहित पक्राउ गरिएको थियो । लामिछानेको घरको खानतलासि गर्दा टिनको बाक्सा भित्र राखिएको ५४ वटा नाईट्राजपाम लागुऔषध फेला परेको थियो ।

त्यस्तै, असोज ११ गते कमलामाई नगरपालिका वडा नं. ९ भिमान सुकेखोला स्थित राजमार्गमा कठायतको नेतृत्वमा चेकजाँच गर्ने क्रममा रामेछापको खाँडादेवी गाँउपालिका वडा नं. ५ का २६ वर्षिया रामकृष्ण पौडेल अवैध सामान सहित पक्राउ परेका थिए । उनले चलाएको प्रदेश ३–०१–०२४ च ७०१५ नम्बर को पिकअप गाडीमा एक लाख ७६ हजार १६ रुपैँया बराबरको अवैध रुपमा ल्याउदै गरेको चिनी र कपडा बरामद गरिएको थियो ।

कठायतकै नेतृत्वमा असोज २६ गते कमलामाई नगरपालिका १३ का १७ वर्षिया पुटे पहारीलाई पक्राउ गरेका थिए । उनले ट्वाईलेटको भेन्टिनेलेशनबाट पसि नगद दुई लाख पचास हजार रुपैँया र १ तोला २० लालको सुनको वेरुवा औठी चोरेका थिए ।

प्रहरीको छवी उच्च राख्न उत्कृष्ट भुमिका निर्वाह गरेको हुँदा कठायतलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक विमल राज कणेलले बताउनुभयो ।

प्रतिक्रिया