शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

‘सिन्धुलीको सुनकोशीका नागरिकले भोट हाल्न डराउनुपर्ने अवस्था ’,(हेर्नुस भिडियो)

बिहिवार , कार्तिक १७, २०७९

सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिकाको नागरिकले निर्वाध रुपमा आफूहरुले मतदान गर्न नपाएको गुनासो गरेको नेकपा एमालेका नेता तथा एमालेको क्षेत्र नम्बर २ का उमेदवार मनोजजंग थापाले बताउनुभएको छ ।

सुनकोशी गाउँपालिकाको खाल्टेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नम्बर २ का उमेदवार थापाले आफू निर्वाचन प्रचारप्रसारमा हिँडिरहदा यहाँका नागरिकले भोट हाल्न डराउनुपर्ने अवस्था रहेको भन्दै गुनासो गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सुनकोशीको गाउँ गाउँमा डुल्यौँ, उहाँहरु एमालेको उमेदवारका पक्षमा मतदान गर्न आतुर हुनुहुन्छ तर विकास र समृद्धिका पक्षमा कुनै पनि भूमिका निर्वाह गर्न नसक्ने, क्षमता नभएका व्यक्तिहरुले यहाँका जनतालाई आतंकित बनाइरहनुभएको छ । जनतामाथि डर र धाक धम्की दिने तथा मतदान प्रक्रियामा अबरोध सिर्जना गर्ने काम हुन सक्छन् भनेर कुराहरु आइरहेको छ, यस तर्फ पार्टीका नेता कार्यकर्ताहरु अत्यन्त सचेत बन्नुपर्छ ।”

स्मरणीय छ, गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको चुनावमा सुनकोशी गाउँपालिकामा एक महिला म्यादि प्रहरीको टाउको फुटेको थियो भने केहि म्यादी प्रहरी घाइते भएको एक पुर्व म्यादी प्रहरीले जानकारी दिए ।

थापाले निर्वाचन पछि बन्न सरकारको नेतृत्व गठबन्धनले ग¥यो भने देश विकासको गति रोकिने र बेदेशिक हस्तक्षेव बढेर जाने बताउनु भयो छ । उहाँले अहिलेको गठबन्धन सरकारले फेरी पनि मुलुकको शासनसत्ता सञ्चालन गरेमा सिंगो देशमा सञ्चालन भएको विकासको गति रोकिने राष्ट्रियता खतरामा पर्ने, नेपाली भूमिमा अमेरिकी सेनाले परेड खेल्ने अबस्था आउने भएकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उमेदवारहरुका पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो ।

सुनकोशी गाउँपालिका वडा नं. ६ खाल्टेमा भएको सो कार्यक्रममा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका आधा दर्जनभन्दा बढी कार्यकर्ता सो पार्टी परित्यागगरी नेकपा एमालेमा प्रवेश गरेकाछन् । नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज उमा कोइराला र थापाले अविर तथा माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरुमा समाजवादीका सिन्धुली जिल्ला कमिटी सदस्य खेटराज थापा, ढोकरवहादु राउत, रामनारायण पसाई, वडा कमिटी सदस्यहरु लालवहादुर रम्तेल, टंक आछामी काशीनारायण श्रेष्ठलगायत रहनुभएको छ । त्यसैगरी सोही वडाका माओवादी कन्ेद्रका वडा कमिटी सदस्य मोहन नेपाली पनि बिनासर्त एमालेमा प्रवेश गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज उमा कोइरालाले सिन्धुलीले वौद्धिक क्षमतावान र इमान्दार उमेदवार पाएकाले सुनकोशीका जनताले निर्धक्क भएर सूर्यमा मतदान गर्न अपील गर्नुभयो । सिन्धुलीमा इमानको राजनीति एमालेले मात्रै गरेको स्मरण गराउँदै हिंसा, आतंक र बलका भरमा राजनीति गर्ने दिन समाप्त भएको खुलासा गर्नुभयो । एमाओवादीबाट सुनकोशीका जनता आजित भएको र विकासको गतिमा अबरोध सिर्जना भएको उहाँको भनाई थियो ।

कार्यक्रममा पसमानुपातिक उमेदवार रणकुमारी वलम्पाकी, प्रदेशसभा सदस्य उमेदवार बिनोद खड्का, एमाले प्रदेश कमिटी सदस्यहरु कमल दाहाल, राकृष्ण श्रेष्ठ, बद्री दाहाल, शान्तिमान कार्की, कौशल कोइराला लगायत हुनुहुन्थ्यो ।

<iframe width="683" height="384" src="https://www.youtube.com/embed/T3dZKjTNtgE" title="Manoj Jung Thapa (सिन्धुली क्षेत्र नं २ का उम्मेदवार)" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>

 

 

प्रतिक्रिया