सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले म्यादी प्रहरीलाई आ–आफ्नो कार्यस्थलमा पठाएको छ । १३ सय ८९ म्यादी प्रहरीलाई जिल्लाको नौँवटै स्थानिय तहमा आवश्यकता अनुसार खटाइएको हो । उनीहरुलाई दुई सय ६७ वटा मतदान केन्द्र र एक सय ५१ मतदान स्थलमा खटाइने सिन्धुली प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसीका अनुसार २८ वटा प्रहरी युनिटबाट म्यादी प्रहरीलाई मतदान केन्द्रमा खटाइने छ। प्रहरीको रेकर्ड अनुसार नगरपालिकातर्फ कमलामाईमा दुई सय ८८ र दुधौलीमा एक सय ३२ म्यादी प्रहरीलाई खटाइएको छ । त्यस्तै, गाउँपालिकातर्फ सबैभन्दा बढि तीनपाटनमा एक सय ८८ जना, सबैभन्दा कम हरिहरपुरगढीमा ८५, सुनकोशीमा ९८, फिक्कलमा एक सय दुई , गोलान्जारमा एक सय ४७ जना म्यादी प्रहरी खटाइने भएको छ ।
सिन्धुली प्रहरीले वैशाख ३० गते सम्पन्न स्थानिय तहभन्दा ८९ बढि म्यादी प्रहरी छनोट गरेको हो । गत स्थानिय तहको चुनावमा १३ सय म्यादी प्रहरीलाई भर्ना गरिएको थियो । सुनकोशी गाउँपालिकामा एकजना महिला म्यादी प्रहरीको टाउको फुटेको र केहि घाइते समेत भएको एक पुर्व म्यादी प्रहरीले जानकारी दिए ।
दुई अस्थायी मतदानस्थलको व्यवस्थापण जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कारागारका कैदिबन्दीलाई कारागारमै र समानुपातितर्फ मतदान गर्न सरकारी कर्मचारीहरुकोलागि कमलामाई नगरपालिका ६ स्थित शहरी विकास कार्यायलमा मतदानस्थल कायम गरिएको छ ।