सिन्धुली– सुनकोशी मरिण डाईभर्सनका इन्जिनियर सिनान आकस्मिक बिरामी भएपछि सिन्धुलीबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ६५ वर्षियाा टर्किका नागरिक सिनान बिरामी भएपछि प्रभुको हेलिकोप्टरबाट काठमाडौँको ग्राण्डी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो ।
सिनानलाई सोमबार राती सिन्धुली अस्पताल ल्याइएको थियो । उनी दमको रोगी भएको र सास फेर्न समस्या भएपछि ग्राण्डी अस्पताल रिफर गरिएको जिल्ला अस्पताल सिन्धुलीले जानकारी दिएको छ ।