शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा शव फेला (तस्बिर समाचार भित्र छ )

सोमवार , कार्तिक १४, २०७९

सिन्धुली– सिन्धुलीमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाको मरिण गाउँपालिका १ स्थित खलंगाबाट बाँझो डाडा जाने गरोटो बाटो जंगलमा कालो खाप भन्ने खोला छहरामा सडेको अवस्थामा आइतबार शव फेला परेको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

शवमा खोपडीमात्र रहेकाले प्रहरीलाई सनाखत गर्न समस्या भएको छ । शरिरमा रातो कपडा समेत रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त शव अन्दाजी ४०/४५ वर्षको अन्दाजि ५.३ फिट उचाईको मानिसको हो । प्रहरीले महिला वा पुरुष हो भन्ने खुलाएको छैन । ईलाका प्रहरी कार्यालय, कपिलाकोटले मृतक लाशको सनाखत हुन नसकेकोले फोटो हेरी सामाजिक संजालमा जोडिनु भएका महानुभावहरुले चिन्नु भएमा यस कार्यालयको मोबाईल नम्बरं ९८५४०९१९९८ मा सम्पर्क गरी मृतकको आफन्तलाई अबिलम्व उपस्थित गराईदिन साथै कोहि हराएको भएमा निजको आफन्तलाई समेत जानकारी गराई आवश्यक सहयोगको लागि अनुरोध गरेको छ ।

तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित विषय:

प्रतिक्रिया