शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

यस्तो छ आज कात्तिक १२ गते शनिवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , कार्तिक ११, २०७९

काठमाडौं, १२ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक १२ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र विक्रीदर १३१ रुपैयाँ ६० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ १८ पैसा र विक्रीदर १३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र विक्रीदर १५२ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ३५ पैसा र विक्रीदर १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४५ पैसा र विक्रीदर ८४ रुपैयाँ ८३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७१ पैसा र विक्रीदर ९७ रुपैयाँ १५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ १९ पैसा र विक्रीदर ९३ रुपैयाँ ६२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९१ पैसा र विक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १४ पैसा र विक्रीदर १८ रुपैयाँ २२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०४ पैसा र विक्रीदर ३५ रुपैयाँ २० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र विक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८८ पैसा र विक्रीदर २८ रुपैयाँ ०१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९७ पैसा र विक्रीदर १२ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६० पैसा र विक्रीदर १७ रुपैयाँ ६८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६ रुपैयाँ ८५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२४ रुपैयाँ ९३ पैसा र विक्रीदर ४२६ रुपैयाँ ८७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २२ पैसा र विक्रीदर ३५० रुपैयाँ ८१ पैसा रहेको छ ।

 

प्रतिक्रिया