सिन्धुली– अहिले गाउँदेखि शहरसम्म तिहारको माहोल बन्न थालेको छ । सयपत्री र मखमली फूल धपक्कै फूलेका छन् । बजारमा तिहार लक्षित सामाग्रीहरुको बिक्रि–वितरण हृवात्तै बढेको छ । तिहारमा फूलदेखि फलफूलसम्म, दियोदेखि मैनबत्तीसम्म, रंगी–बिरंगी टीका सामग्रीदेखि सेलरोटी र अनर्सासम्मले बजारमा कब्जा जमाउन थालिसकेका छन् ।
यी सबैकाबीच युवाहरु भने तिहारको माहोललाई रोमाञ्चक बनाउने पटाकाको जोहो गर्नमा जुटेका छन् । तिहारमा पटाका पड्काउनु अपराध झैं हुने सूचनाहरु प्रशासनले हरेक वर्ष जारी गरिरहेको छ । तिहारमा हुुन सक्ने सम्भावित अपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले हरेक वर्ष विशेष रणनीति नै अपनाउँछ । राती १० बजेपछि देउसी–भैलो खेल्न प्रशासनले नै रोक लगाउन थालेको केही वर्ष भईसकेको छ । जिउ–ज्यानकै जोखिम हुुने भन्दै सरकारले हरेक वर्ष तिहारमा पटाका पड्काउन समेत निषेध गर्दै आएको छ ।
स्थानिय प्रहरी प्रशासनले विष्फोटक पटका प्रयोगमा प्रतिवन्ध लगाएको भएपनि छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण विभिन्न नाकाहरुबाट त्यस्ता पटका सिन्धुलीका मुख्य बजारमा भित्रिएका छन । सिन्धुली र नेपाल भारत सिमानाको सम्सि नाकाको दुरि नजिक भएकाले पनि विष्फोटक पटका बढी मात्रामा बजार भित्रिने गरेका छन् । पटाका नियन्त्रण गर्ने कार्यमा लागि परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो ।
बजारमा बढी मात्रमा विष्फोटक पटका भित्रिने क्रम बढेपनि त्यसलाई नियन्त्रण गरिरहेको नायब उपरिक्षक केसीको भनाइ छ । विगतको वर्षमा जस्तै बर्दिवास हुदै सिन्धुलीमा विष्फोटक पदार्थ भित्रन सक्ने आशंका रहेकोले प्रहरीले तिहार आउनुु एक साता अगाडि बाटै विपि राजार्गमा चेकजाचँलाई कडाइ गरेको छ । यस्तै उहाँले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह समेत गर्नुभएको छ ।