तिनपाटन गाउँपालिकाले बजार अनुगमन गरेको छ । विहिबार गाउँपालिकाको उपाध्यक्ष धन बहादुर पुलामी ‘असोक’को संयोजकत्व र प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र गिरी सहितको टोलीले चकमके बजार अनुगमन गरेको हो । नजिकिदै गरेको तिहारलाई लक्षित गरेर चकमके बजारका ढेड दर्जन भन्दा बढी खाद्यन्न तथा किराना पसलमा अनुगमन गरेको गाउँपालिकाले जनाएको छ । अनुगमनको क्रममा विभिन्न पसलमा म्याद नाघेका खाद्यन्नको सामाग्री बरामद गरि नष्ट गरिएको प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार काजु, चकलेट,सुपाडि, बेसार, चाउचाउँ लगाएतका म्याद सकिएको खाद्यन्नको सामाग्री बरामद गरि नष्ट गरिएको हो ।
अनुगमनमा तिनपाटन गाउँपालिका वडा नम्बर १० वडाअध्यक्ष पुर्ण हरि भुजेल, वडा नम्बर ११ का वडाअध्यक्ष तिलक बहादुर बस्नेत, सुरक्षाकर्मी, स्थानिय लगाएतको उपस्थिति रहेको थियो ।