शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा लागुऔषध र पटका सहित तिन जनाा पक्राउ

बिहिवार , कार्तिक ३, २०७९

सिन्धुली– सिन्धुलीमा प्रहरीले लागुऔषध सहित २५ वर्षिय एक युवक र पटका सहित दुइजना लाई पक्राउ गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरिक्षकको कमाण्डमा ट्राफिक सहित खटिएको प्रहरी टोलिले सवारी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो । विपि राजामार्ग अन्र्तगत कमलामाई नगरपालिका ९ चोरखोलामा झापाबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश ३–०१–००५ ख ९७९९ न. को विंगर गाडी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो ।

गाडिको अन्तिम सिटमा सवार झापा हल्दिवारी गाउँपालिका १ का २५ वर्षिय बिशाल राईले बोकेको भिर्ने झोलाको भित्री भागमा सेतो प्लास्टीक भित्र अन्दाजी १०१ ग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ (लागु औषध ) फेला पारेको उहाँले बताउनुभयो । लागुऔषध सहित राइलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय भिमानमा राखिएको छ । थप अनुसन्धान भइरहेको छ ।

यसैगरी सिन्धुलीमा प्रहरीले पटका सहित दुइजनालाई पक्राउ गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाचँ गर्ने क्रममा पटका फेला पारेको हो ।

कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा बर्दिबासबाट भिमान बजारतर्फ आउँदै गरेको ज.१.ह. २३७५ नं. को अटोको डिकि भित्र लुकाई छिपाई ल्याईएको ८ वटा ठुलो प्याकेट (प्रत्येक प्याकेटमा ७०० पिसका दरले जम्मा ५६०० पिस ) नागिन पटका फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो । उहाँका अनुसार पटका सहित अटो,अटोचालक र अटोमा सवार २ जना पुरुष व्यक्तिलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया