शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

 बैदेशिक रोजगारमा गएका सिन्धुलीको १ सय ४४ जनाकोे मृत्यु

बुधवार , कार्तिक २, २०७९

सिन्धुली – बैदेशिक रोजगारमा गएका सिन्धुलीका १ सय ४४ जनाको मृत्यु भएको छ । बैदेशिक विभाग बोर्डको तथ्यांक अनुसार १४ वर्षको अवधिमा बैदेशिक रोजगारमा गएका सिन्धुलीको १ सय ४४ जनाको मृत्यु भएको हो ।

वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ छ । कामको शिलशिलामा खाडि मुलुक गएका पुरुषको मृत्यु भएको छ । सबै भन्दा बढी मलेसियामा गएका कामदारको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

१४ वर्षको अवधिमा मलेसियामा मात्रै सिन्धुलीका ६८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै पुरुष रहेका छन् । सोहि अवधिमा सिन्धुलीका कतारमा २२, साउदि अरबमा ३१ जना, साउथ कोरियामा एक जनाको मृत्यु भएको छ ।

यस्तै, श्रींलकामा एक जना, यूएइमा दुइ जना, अरबमा ७ जना, ओमनमा दुइ जना, माल्दिभ्समा एक जना, कुवेतमा चार जना, जोर्डन र बहराइनमा एकएक जनाको मृत्यु भएको छ । लेबनानमा पनि एक जनाको मृत्यु भएको छ ।

गत भदौ १२ गते बैदेशिक रोजगारीका लागि बराइन पुगेका दुधौली नगरपालिका ६ का ३६ वर्षिय राम कुमार अधिकारी दनुवारको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुत्नु भएको उहाँ राति हृदयघातको शिकार हुनु भएको थियो । ३१ महिना अघि बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका तिनपाटन गाउँपालिका १ का २८ वर्षीय सुर्य बहादुर तामाङ्गको पनि गत मंसिर २८ गते कोठामा सुतिरहेको अवस्थामा मृत्यु भयो । कम्पनीमा काम गरि सकुशल फकिएका तामाङ्गको राती सुतिरहेको अवस्थामा हृदयघातकै कारण मृत्यु भयो ।

यस्तै ११ वर्ष देखि बैदेशिक रोजगारी कतारमा रहेका सिन्धुलीका धन बहादुर मगरको पनि कोठामै सुतिरहेको अवस्थामा मृत्यु भयो ।

कमलामाई नगरपालिकाका ३१ वर्षिय धन बहादुर मगरको गत जेठ १२ गते हृदयघातकै कारण मृत्यु भयो । विविध कारणले कामदारले अनाहकमै ज्यान गुमाउने गरेका छन् । मुख्यरूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ ।

रोजगारीका सिलसिलामा विदेसिएका व्यक्तिका श्रीमती विविध प्रकारको हिंसा खेप्न बाध्य छन् । उनीहरू सामाजिक, आर्थिक, यौनिक र घरेलु हिंसा सहन बाध्य भएको महिला अधिकारकर्मी बताउँछन् ।

यस्तै, विवाह भएपछि श्रीमान् वैदेशिक रोजगारीमा जानेका श्रीमती बढी सामाजिक हिंसाको सिकार हुने गरेका छन् । यसैगरी, वैदेशिक रोजगारी तथा विप्रेषण आप्रवाहका कारण खेतीयोग्य जमीन बाँझो रहनु, स्थानीय उद्योगमा श्रमशक्तिको अभाव हुनु, श्रमको लागत बढ्नु, उपभोग संस्कृतिको विकास हुनु, पारिवारिक सम्बन्धमा विचलन आउनु, आर्थिक परनिर्भरता बढ्नु जस्ता नकारात्मक परिणाम पनि देखापरेका छ । अझै पनि केही युवा आकर्षक रोजगारीको खोजीमा भारत हुँदै तेस्रो मुलुक जाने गरेका पाइन्छ । आर्थिक वर्ष २०७८÷७९ मा सिन्धुलीका एक हजार १९ जना श्रम स्वीकृत लिएर बैदेशिक रोजगारमा गएका छन् ।

प्रतिक्रिया