हरिहरपुरगढी÷प्रतिनिधीसभा क्षेत्र नं. २ का उम्मेदवार मनोजजंग थापाले हरिहरपुरगढी र सिन्धुलीगढीले अंग्रेजलाई परास्त नगरेको भए अहिलेको नेपाल रहने थिएन र हामी नेपाली भएर बस्ने अबस्था नभएको बताउनु भएको छ ।
हरिहरपुरगढी गाउँपालिका वडा नं. १ मा नेकपा एमाले वडा कमिटीद्धारा आयोजित एक कार्यक्रममा हरिहरपुरगढी पुर्ननिर्माणका लागि गुरु योजना बनाउनु भएका उम्मेदवार थापाले समग्र हरिहरपुरगढी र मरिण क्षेत्रको विकासका लागि सार्वजनिक गर्नुभएको पाँच ‘प’ को बिस्तृत बिबरण सार्वजनिकगर्दै सो कुरा बताउनु भएको हो ।
हरिहरपुरगढीका स्थानीय वासिन्दाले अंग्रेज फौजलाई परास्त गरेर लखेटेको इतिहासको चर्चागर्दे स्थानीयले बगाएको रगत पसिनाको स्मरण गर्नुभयो । उहाँले अगाडि भन्नुभयोः तत्कालिन केपी ओली नेतृत्वको सरकार र कमलामाई नगरपालिकामा एमालेकै नेतृत्वले अगाडि बढाएको सिन्धुलीगढीको पुर्ननिर्माणले अहिले देशभरीकै पर्यटक तानिरहेको र नगरपालिकालाई लखौं आम्दानी भएपनि विगतका यस क्षेत्रका जनप्रतिनिधीले कहिल्यै पनि सरकारात्मक सोच बनाउन नसकेको उल्लेख गर्नुभयो ।
पानी, पर्यटन, पुर्वाधार, परिश्रम र परिवारको बृहत परियोजना मार्फत मरिण र हरिहरपुरगढीमा बृहत्तर विकास र सम्बृद्धिको योजना प्रारंभ गर्न सकिने बताउँदै एमाले उम्मेदवारसमेत रहेका इन्जिनियर थापाले समग्र सिन्धुलीको विकासका लागि एमालेका पक्षमा मतदान गर्न अपील गर्नुभयो ।
यस क्षेत्रबाट निर्वाचित भएका विगतका जनप्रतिनिधीले तपाईहरुलाई झुक्याउनुभएको छ, झुटो बोल्नुभएकोछ, हामी जे बोल्छौं त्यो गरेर देखाउँदछौं, किनकी पूर्व पश्चिम मदनभण्डारी राजमार्ग र सुनकोशी मरिण डाइभर्सन त्यही सत्यको जगमा उभिएको छ र केपी ओलीले सरकारको नेतृत्व गर्दा भएको छ, उहाँले अगाडि भन्नुभयो ।
हामी असत्यसँग कहिल्यै डग्दैनौं र सँधै सत्यको पक्षमा उभिएका कारणले सिन्धुलीको विकास र सम्बृद्धिका लागि नेकपा एमालेले मात्रै काम गर्न सक्छ भन्दै त्यसको उदाहरण सिन्धुलीगढीको युद्ध संग्राहालय, मदनभण्डारी राजमार्ग र सुनकोशी मरिण डाइभर्सनलाई हेरे पुग्ने बताउनुभयो ।
गरिव तथा विपन्न मजदुर र किसानलाई स्वास्थ्य बिमा, मोतियाबिन्दु, पाठेघरको निशुल्क अपरशेन, युवाहरुका लागि बिनाधितो बिनाव्याज ऋण र जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई आत्मनिर्भर बनाउने जस्ता कार्यक्रमहरु एमालेबाट निर्वाचित स्थानीय सरकारहरुले सञ्चालन गरेको उदाहरणदिंदै एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले एमालेको पक्षमा मतदानगरेमात्रै विकास र सम्बृद्धिको ढोका खुल्ने बताउनुभयो ।
उहाँले मरिण र हरिहरपुगढी क्षेत्रको विकासका लागि विगतमा पटक पटक विजयी भएका र फेरी पनि उम्मेदवार भएर तपाईहरुमाझँ झुक्याउन आएका उम्मेदवाहरुबाट केही पनि नहुने ठोकुवागर्दै नयाँ अनुहारलाई काम गर्ने मौका दिन आम जनसुदायमा अपीलसमेत गर्नुभयो ।
एमालेको अगुवाईमा चल्ने सरकारलाई मार्ग निर्देशन गर्ने बुद्धिजिवी परिषदको केन्द्रीय इन्चार्जसमेत रहनुभएका नेता थापाले अगाडि भन्नुभयोः सिन्धुलीमा विकास र सम्बृद्धिको नेतृत्व एमालेको अगुवाइमा मात्रै संभव छ र त्यसका लागि सिन्धुलीमा एमालेका उम्मेदवारहरुलाई आम जनसमुदायले विजयी गराउन जरुरीछ ।
यसैबीच एमाले संघीय निर्वाचन क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा २ (ख) को हिजो बसेको बैठकले १८ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमाले बाग्मती प्रदेश कमिटी सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा ठूलो संख्यामा निर्वाचन परिचालन कमिटी गठन गरिएको एमाले नेता गोविन्दलाल माझीले जानकारी दिनुभयो ।