सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुरमा तालिम प्राप्त कुकुरलाई चेकजाँचमा खटाइएको छ । जिल्लाको बिभिन्न स्थानमा प्रहरीले चाडपर्व लक्षित चेकजाचँमा तालिम प्राप्त कुकुरलाई खटाएको हो ।
बागमति प्रदेश प्रहरी कार्यलय हेटौडाले तयार पारेको चाडपर्व लक्षित योजना अनुसार जिल्लाको बिभिन्न स्थानमा बुधबार र बिहिरबार चेकजाचँ गरिएको छ । बुधबार कमलामाई नगरपालिका ९ भिमान र बिहिबार चन्दनपुरमा तालिम प्राप्त कुकुर सहित प्रहरीेले चकजाचँ गरेको हो । बिशेषगरि दिपावली तथा छठ पर्वलाई लक्षित गरि पटाका लगायत बिष्फोटक जन्य पदार्थको नियन्त्रणको लागि उक्त चेकिङ गरिएको जनाइएको छ ।
बागमति प्रदेश प्रहरी कार्यलयबाट तालिम प्राप्त कुकुर सहित खटिएको प्रहरी टोलिले बिष्फोटक पदार्थ, लागु औषध ओसारपसार लगायत संभावित अपराधिक कृयाकलाप गरेर भाग्न सक्ने संकास्पद ब्यक्तिहरुको चेकजाच गरेको थियो । बागमति प्रदेश प्रहरी कार्यलयले बागमति प्रदेशका अन्य जिल्लामा समेत यो अभियान सुरु गर्ने जनाएको छ ।