शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा निर्वाचन आचारसंहिताबारे राजनितिक दललाई जानकारी

शुक्रवार , आश्विन २८, २०७९

सिन्धुली– जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा संलग्न राजनीतिक दल तथा उम्मेदवारहरुले पालना गर्नुपर्ने आचारसंहिता बारे जानकारी गराएको छ । बिहिबार सिन्धुलीमाढीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा राजनीतिक दल तथा उम्मेदवारको भुमिका नामक एक कार्यक्रम मार्फत यस्तो जानकारी गराएको हो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी जानकारी गराउनुभएको थियो ।

उहाँले निर्वाचन आचारसंहिता के हो, निर्वाचन आचारसंहिता किन, राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने आचरण, सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, सञ्चार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, निर्वाचन खर्च तथा आचारसंहिता उल्घन गर्दा हुने कारवाहीका बारेमा प्रस्ट्याउनु भएको थियो ।

यस्तै, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले शान्ती सुरक्षामा सबैको भुमिका रहने भएको हुँदा सबैले आचारसंहिता पालना गरी शान्त बातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गरिदिन अनुरोध गर्नुभयो । त्यस्तै, मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले कार्यक्रमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरुबाट उठेको बिविध प्रश्नहरुको जानकारी दिनुभएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सिन्धुलीबाट बिभिन्न पार्टी तथा स्वतन्त्र गरी ४३ जना उम्मेदवारले प्रतिसपर्धा गर्दैछन् । सिन्धुलीमा दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा क्षेत्र रहेको छ ।

प्रतिक्रिया