सिन्धुली – सिन्धुलीमा इडिभि भर्ने केन्द्रमा आवेदन दिनेको लर्को लागेको छ । अमेरिकाले सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको आवेदन खुला गरेसँगै जिल्लाको विभिन्न स्थानमा आवेदन दिनेको लर्को लागेको हो ।
उनीहरु चिठ्ठा परेर स्थायी बसोबासका लागि अमेरिका जाने दौडमा छन् । अमेरिका जान आवेदन भर्न उत्साहसहित भएर नागरिकहरु घटौँ कुरेर आवदेन दिइरहेका छन् । विगतको वर्षमा इडिभि चिठ्ठा परेका केन्द्रमा हाल आवेदन दिनेको भिड छ । तर उनीहरुले आवेदन किन भरिरहेको छ भन्नेबारे खुलेर बोल्न चाहेनन् । फोटो स्टुडियोदेखि साइबर सञ्चालकले समेत आवेदकको आँखा तान्नेगरी प्रचार गर्दै शुल्कसहित डीभी आवेदन भराइरहेका छन् ।
१९ असोज २०७९ मा खुलेको डीभीको आवेदन २२ कात्तिक (अक्टोबर ५ देखि ८ नोभेम्बर ) सम्म भर्न पाइन्छ । विभिन्न मुलुकबाट दिइने यस्तो आवेदकहरु मध्येबाट हरेक वर्ष अमेरिकाले निश्चित व्यक्तिलाई चिठ्ठामार्फत आफ्नो मुलुकमा स्थायी प्रवेशको अनुमति दिइरहेको छ ।
अमेरिकामा सुन्दर भविष्य खोज्ने सपना पछ्याउँदै यो वर्ष पनि आवेदन खुलेकै दिनदेखि नेपालीहरु डीभी भर्ने केन्द्रहरुमा लाइन लागेका छन् । नेपालस्थित अमेरिकी दूतावासले डीभीबारे एक सार्वजनिक सूचना जारी गर्दै डीभी आवेदन निःशुल्क रहेको जनाएको छ । ईडीभी भर्न घण्टौंसम्म लाइनमा उभिएकाहरु सकेसम्म आफू ईडीभी भर्ने लाइनमा भएकोसमेत नदेखियोस् भन्ने चाहन्छन् ।