सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ६ मा वडा स्तरिय खेलकुद प्रतियोगिता हुने भएको छ । सोमबार वडा कार्यालयले एक सुचना जारी गर्दै वडा स्तरिय खेलकुद प्रतियोगित हुने जानकारी दिएको हो । मरिण गाउँपालिका वडा नम्बर ६ को वडा स्तरिय यूवा तथा खेलकुद विकास समितिको आइतबार बसेको बैठकको निर्णय अनुसार खेलकुद प्रतियोगिता हुने भएकाले वडा भित्रका सम्पूर्ण खेलाडिलाई टिम दर्ता गर्न आग्रह गरिएको छ ।
यहि असोज २९ गतेबाट खेलकुद प्रतियोगिता हुने छ । असोज २५ गते देखि २८ गते सम्म टिम दर्ता गरिसक्न सुचनामार्फत अनुरोध गरिएको छ । फुटबल, भलिबल र ब्याडमिन्टन प्रतियोगिता हुनेछ ।