शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा चुनावी माहोल गर्माएसँगै कुटपिटको घट्ना सार्वजनिक

मंगलवार , आश्विन २५, २०७९

सिन्धुली– नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारी फिक्कल समितिका अध्यक्ष माथि कुटपिटको घट्ना सार्वजनिक भएको छ । अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति सिन्धुलीले विपिन पहाडिमाथि कुटपिट भएको विज्ञप्ति निकालेपछि घट्ना सार्वजनिक भएको हो ।

आइतबार अखिल क्रान्तिकारी जिल्ला समन्वय समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत असोज २२ गते शनिबार राति ११ बजे पहाडिलाई कुटपिट गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपा एमालेबाट फिक्कल गाँउपालिका वडा ०३ मा निर्वाचित वडाध्यक्ष टेक बहादुर रजन मगरको छोरा ओम रजन मगरको नेतृत्वमा सोहि वडा खानिगाउ बस्ने दिपक रजन मगर र बिशाल रजन मगर सहितको टोलिले बिपिन पहाडीलाई कुटपिट गरिएको विज्ञप्तीमा भनिएको छ । घरमा सुतिरहेको अबस्थामा घरमै गएर ब्युँझाएर कुरा गर्नु छ भनेर कुटपिट गरेको जनाइएको छ ।

घरबाट पर लगेर गत चुनावको बिषयमा कुुरा निकालेर कुटपिट गरिएको र परिवारले थाहा पाएपछि कुटपिटमा संलग्न फरार भएको बताइएको छ । कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरी कारवाही नगरिए आन्दोलन गर्ने विज्ञप्तीमार्फत चेतवानी समेत दिइएको छ ।

प्रतिक्रिया