शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ओलीसँग सिन्धुलीका पुर्वशिक्षकसहित २७ जना भिड्दै

मंगलवार , आश्विन २५, २०७९

सिन्धुली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुलीको सिद्धस्थली विद्यालयका पुर्वशिक्षक एवं युवा उद्यमी छवि सिटौलासहित २७ जनाले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् । सिटौलाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँको चुनाव चिन्ह लौरो रहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि एक सय एक जनाले प्रतिनिधिसभातर्फ र एक सय ६ जनाले प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनेमध्ये सबैभन्दा धेरै झापा क्षेत्र नं ५ मा नै रहेका छन् । त्यसमा पनि स्वान्त्र उम्मेदवारको संख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो । नेपालका अनुसार यो निर्वाचन क्षेत्रमा सहभागी दलमध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारी हुन् ।

प्रमुख दलले प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नं ५ मा महिलालाई उम्मेदवार नबनाए पनि अन्य साना दलका चार जना महिलालाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि नौ महिलासहित स्वातन्त्र ३३ गरी झापामा एक सय एक जनाको उम्मेदवारी रहेको छ । जसमा झापा क्षेत्र नं १ मा तीन महिलासहित १६ जना, २ मा एक महिलासहित बीस जना, ३ मा अठार जना, ४ मा एक महिलासहित बीस र ५ मा चार महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ ।

 

प्रतिक्रिया