सिन्धुली – सिन्धुलीमा संघ र प्रदेशको निर्वाचन तालिका सार्वजनिक भएको छ । शुक्रबार मुख्य निर्वाचनको कार्यालयमा एक बैठकको आयोजना गर्दै निर्वाचन तालिका सार्वजनिक भएको हो । आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने छ । निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने तालिकामा उल्लेख गरिएको छ । मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन पनि आइतबार नै गरिने छ ।
उम्मेदवारको विरोधमा उजुरी दिने असोज २४ गते, मनोनय पत्र र उजुरी उपर जाँचबुझ गरि निर्णय गर्ने २४ गते देखि २५ गते, उम्मेदवारको नामावली प्रकाशन गर्ने २५ गते, उम्मेदवारको नाम फिर्ता लिने २६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २६ गते, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने २६ गते रहेको तालिकामा उल्लेख छ ।
जिल्लामा स्वच्छ निस्पक्ष तवरले निर्वाचन सम्पन्न गर्ने भन्ने पहिलो चरणमा सर्वदलिय बैठक बसेको हो । बैठकमा मनोनयन पत्र दर्ता गर्दा आवश्यक पर्ने कुराहरु, निर्वाचन आचारसहिंता लगाएतको विषयमा जानकारी तथा छलफल गरिएको थियो ।