सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिकामा झुक्किएर एसिड पिउँदा एकजनाको मृत्यु भएको छ । मंगलबार दुधौली नगरपालिका १३ नम्बर वडाकि ५७ वर्षिया ओमकुमारी बुढाथोकिले दिउँसो ४ बजे आफ्नै घरमा ब्याट्री सफा गर्न राखिएको एसिड, पानी भनेर पिउँदा गम्भिर बिरामी भएकि थिइन् । उनलाई तत्काल उदयपुर स्थित कटारी अस्पताल लगिएको थियो । कटारी अस्पतालमा उपचार संभव नभएपछि धुलिखेल अस्पताल रिफर गरिएकोमा मंगलबार राती ११ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
मृतक बुढाथोकि ब्रेन ट्युमरको बिरामी रहेको परिवारिक श्रोतले बताएको छ । उनको छ वर्षअघि ब्रेन ट्युमरको अप्रेसन गरिएको थियो । बुढाथोकिको छोरा प्रहरी जवान यम बहादुर बुढाथोकि जिल्ला प्रहरी कार्यालय विरगंज, पर्सामा कार्यरत हुनुहुन्छ ।