सिन्धुली– सिन्धुलीमा बिहिबार साझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको दुधौली नगरपालिका ९ स्थित घोडा गाछीमा चट्याङ लागि सर्लाहीको लालबन्दी नगरपालिकाका अनिल भुजेलको मृत्यु भएको प्रहरी चौकी दुधौलीले जनाएको छ । निर्माणाधीन रंगशालामा हेरालुको रुपमा कार्यरत २१ वर्षिया भुजेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।